Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

नेपालले विश्व फुटबलको ठूला प्रतियोगिता खेल्न संरचनामा लगानी गर्नुपर्छ– बुफोन


काठमाडौँ। इटालीका पूर्वकप्तान तथा गोलकिपर जियानलुइजी बुफोनले नेपालले एशियन कप, विश्वकप र अन्य विश्व फुटबलको ठूलो प्रतियोगितामा खेलेको हेर्न चाहेको बताएका छन् ।

आईतवार काठमाडौंको हायत रिजेन्सी होटलमा आयोजित पत्रकार सम्मेलनमा बुफोनले विश्व फुटबलको ठूला प्रतियोगिता खेल्न नेपालले संरचना निर्माण र अन्य कुरामा लगानी गर्नुपर्ने बताएका छन् । ठूलो लक्ष्य लिएर फुटबल खेल्न प्रोत्साहित गरे एकदिन पूरा हुने पनि उनको भनाइ छ ।

आईतवार नेपाल आएका बुफोन सन् २००६ को विश्वकप विजेता इटालीका गोलकिपर छन् । उनले आफू सानै छँदा पनि नेपालको झण्डा नयाँ र नौलो लाग्ने गरेको स्मरण गर्दै हिमालहरूको देश नेपाल आउने आफ्नो सपना पूरा भएको बताए ।

नेपाल आउँदा निकै उत्साहित र खुशी रहेको उल्लेख गर्दै यो अवसरका लागि आयोजकलाई धन्यवाद पनि दिएका छन् । उनि केपी ओली कपको फाइनलका लागि नेपाल आएका बुफोनले आजको दिन आफू र आफ्नो श्रीमतीका लागि अवस्मरणीय रहेको बताए । आफू सधैं कामप्रति माया गर्ने र हरेक दिन आफ्नो उत्कृष्ट दिनका लागि कडा मेहनत गर्ने भएकाले फिटनेस राम्रो हुन सकेको अनुभव उनले सुनाए । अहिले आफू केपी ओली कपको फाइनलका लागि आएपनि फेरि नेपाल आउने उनको चाहना छ ।

अर्को पटक धेरै समयका लागि नेपाल आउँदा देश बाहिर घुम्ने र यहाँका धार्मिकस्थलमा पनि जाने गोलकिपर बुफोनको योजना छ ।


प्रकाशित मिति: १८ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?