Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

पाथीभरा केबलकार निर्माण सम्बन्धित पक्षसँग छलफल गरी अघि बढाउनुपर्छ : एमाले


काठमाडौँ। सत्तारुढ दल नेकपा एमालेले पाथीभरा केबलकार निर्माणका सन्दर्भमा उत्पन्न भएको विवादमा स्थानीय जनप्रतिनिधिहरु, स्थानीय प्रशासन र सरोकारवाला समूहहरुसँग छलफल गरेर केबलकार निर्माण प्रक्रिया अघि बढाउनुपर्ने बताएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै पार्टीका महासचिव शंकर पोखरेलले ताप्लेजुङमा रहेको प्रसिद्ध पाथीभरा केबलकार निर्माणका सन्दर्भमा उत्पन्न भएको विवादमा स्थानीय जनप्रतिनिधिहरु, स्थानीय प्रशासन र सरोकारवाला समूहहरुसँग छलफल गरिकन समस्यालाई समाधान गर्ने बताए । केबलकार निर्माणको प्रक्रियालाई अगाडि बढाउनका लागि सहज वातावरण बनाउने बारेमा सरोकारवाला समूहहरुसँग छलफल गरेर अघि बढ्ने कुरामा पार्टीले चासो राखेको बताएका छन् ।

उनले भने, ‘ताप्लेजुङमा रहेको प्रसिद्ध पाथीभरा केबलकार निर्माणका सन्दर्भमा उत्पन्न भएको विवादमा स्थानीय जनप्रतिनिधिहरु, स्थानीय प्रशासन र सरोकारवाला समूहहरुसँग छलफल गरिकन समस्यालाई समाधान गर्ने र केबलकार निर्माणको प्रक्रियालाई अगाडि बढाउनका लागि सहज वातावरण बनाउने बारेमा सरोकारवाला समूहहरुसँग छलफल गरेर अघि बढ्ने कुरामा पार्टीले चासो राखेको छ । त्यही प्रकारको भुमिका खेल्नका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गर्ने । विवाद अन्त्य गरी सहज वातावरण बनाउने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण गर्ने ।’

उनले पाथीभरा केबलकार निर्माणको विवाद अन्त्य गरी सहज वातावरण बनाउने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।


प्रकाशित मिति: १८ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?