Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

नेताहरुले नैतिक चरित्र पुनःस्थापित गरौँः मन्त्री पाण्डे


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले राजनीतक दलका नेताहरुले नैतिक चरित्र पुनःस्थापित गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा शनिवार आयोजित मेटेरियल एण्ड कल्चरल एडभान्समेन्ट दी प्याक्टिस अफ चाइना कार्यक्रमलाई सम्बोधन गर्दै उनले चीनका राष्ट्रपति सि जिन पिङले अघि सार्नुभएको नैतिकताको विचारलाई वर्तमान सन्दर्भमा नेपालका राजनीतिक दलका नेताहरुले अनुशरण गर्नुपर्ने बताएका छन् । उनले भौतिक विकासले मात्रै आत्मसन्तुष्टि दिन नसक्ने भएकाले आत्मिक विकासका लागि पूर्वीय दर्शनले निर्देश गरेको बताए ।

उनले भने,‘आज दुनियाँले मानव सभ्यताले भौतिक विकास त ग¥यो नै तर भौतिक विकासबाट सन्तुष्ट छैन मानव ।मानवले आत्मिक विकास, आत्मसन्तुष्टिको विषय जुन हाम्रो दर्शनले हामीलाई निर्देशित गरेको कुरा हो । परोपकार पुण्याय, वसुधैव कुटुम्वकम यो हाम्रो संस्कृतिको महत्वपूर्ण पुँजी हो, सम्पती हो । हामी नेपालीले कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङले जुन विचार अगाडि सार्नुभएको छ हामी हाम्रा राजनीतक दलहरुले पनि यो विचारलाई जनस्तरमा पुर्याउनु पर्नेछ । हामी राजनीतिक दल र दलका मानिसहरुले उच्च नैतिक चरित्र राजनीतिमा पुनःस्थापित गर्नुपर्ने छ । हामीले केवल मिठो मसिनो खाना नरम र तातो नाना मात्रै होइन मन भित्रको शान्ति मन भित्रको आत्मसन्तोष यसलाई पनि अभिवृद्धि गर्नुपर्ने छ । त्यो भनेकै मेटरियल र कल्चरल कुरासँग इथिक्स जोडिएको छ भन्ने लाग्छ ।’

मन्त्री पाण्डेले नेपाल र चीनबीच संस्कृतिका राम्रा पक्षहरुको आदानप्रदान गर्नुपर्नेमा जोड दिए। उनले असल नैतिक चरित्र निर्माण गर्नसके नेपालले आफ्नै खुट्टामा उभिएर उज्वल भविष्य निर्माण गर्न सकिने बताए।


प्रकाशित मिति: १८ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?