Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

६६ करोड ३० लाख भक्तजनले गरे भारतको महाकुम्भ स्नान


भारत। भारतको उत्तरी राज्य उत्तर प्रदेशमा ६६ करोड ३० लाख भक्तजनहरु पुगेका छन्

भारतको महा हिन्दु पर्व महाकुम्भ मेला औपचारिक रूपमा सम्पन्न हो । कुम्भका अधिकारीहरूकाअनुसार पवित्र स्नानमा ठूलो भीडले लिएका छन् । अन्तिम दिन गत बुधवार मात्र १ करोड ५३ लाख मानिसहरूले स्नान गरेका छन् । ४५ दिन लामो आध्यात्मिक महाकार्यक्रममा अहिलेसम्म ६६ करोड ३० लाखभन्दा बढी भक्तजनहरूले पवित्र स्नान गरेका छन् ।

उत्तर प्रदेशको राजधानी लखनऊबाट लगभग १९६ किलोमिटर दक्षिणमा रहेको प्रयागराजमा यो महोत्सव आयोजना गरिएको थियो । महाकुम्भ महोत्सव प्रत्येक १२ वर्षमा आयोजना हुने एक महा धार्मिक सभा हो । जनवरी २९ मा, पवित्र स्नानको अवसरमा त्रिवेणी संगममा हजारौं भक्तजनहरूको भीड लागेको बेला अवरोध भत्किएपछि बिहानै भागदौड मच्चिएको थियो ।

आधिकारिक रूपमा उक्त घटनामा ३० जना भक्तजनको मृत्यु भएको थियो भने ६० जना घाइते भएका थिए ।


प्रकाशित मिति: १७ फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?