Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

काँग्रेसले भन्योः नो केबलकार स्वीकार्य छैन,पाथीभरा केबलकार निर्माण गर्नुपर्नेमा जोड


काठमाडौँ। नेपाली काँग्रेसले पाथीभरा केबलकारको विषय छलफलबाट टुंगो लगाएर विकास निर्माणलाई अघि बढाउनुपर्नेमा जोड दिएको छ ।

शुक्रवार बुढानिलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा पाथीभरा मन्दिर आस्थाको केन्द्र भएकाले धार्मिक आस्थामा क्षति नपुग्नेगरी केबलकार निर्माण गर्नुपर्नेमा जोड दिइएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताए । उनले केबलकार निर्माणले आस्थामाथि प्रहार गर्ने नभइ श्रद्धालुहरुलाई सहज पुहुँच पुर्याउने बताए । बैठकमा स्ववियु निर्वाचनको पारदर्शिता सुनिश्चित गर्नेकुरामा पनि सबै राजनीतिक दलहरुसँग छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिइएको बताए । अनावश्यक झैझगडा हुन नदिने गरी शान्तिपूर्वक स्ववियु निर्वाचन सम्पन्न गर्नुपर्ने बारेमा छलफल भएको बताए ।

उनले भने ‘निर्वाचन सम्बन्धी पहिलाको अध्यादेश, विधेयकहरुको विषयवस्तु थियो । आउँदो अधिवेशनमा निर्वाचनसम्बन्धी विधेयक त्यहीँ नै छलफल गरेर टुंगो लाग्छ । निर्वाचनसम्बन्धी विषय, संविधान संशोधनको विषय छ । एउटा कार्यदल बनाएर अन्य दलहरुको पनि सहमति लिएर त्यसको टुंगो लगाउने भन्नेछ । कस्तो खाले समावेशिता भन्नेबारेमा छलफल गरिरहेका छौँ । पाथीभरा केबलकारको विषय छ । संवेदनशिलता पहिचान, किराँत संस्कृतिका कुरालाई उच्च सम्मान गर्दछौँ । सँगै केबलकारले अलि सहज गर्दछ, मन्दिरमा पुग्नलाई भन्ने मुल मक्सद हो । यो विषयलाई लिएर गतिरोध उत्पन्न भएको छ । यसलाई शान्तिपूर्ण छलफलबाट टुंग्याउनुपर्छ भन्नेकुरा सरकारले पनि निर्णय गरेको छ । छलफल र संवादबाटै यसको समाधान गर्ने भन्ने हो । पहिचान र महत्वलाई कतै कमजोर नबनाइ अघि बढाउन सकिन्छ । केबलकार त श्रद्धा गर्नेलाई त्यहाँ पुग्न सहज होस् भन्ने माध्यम हो । त्यसले आस्थामा कुण्ठित गर्ने कुरा हुँदैन । धार्मिक आस्थाको रुपमा बहस गर्न जरुरी छैन । सबैको आस्थाको केन्द्र हो । स्ववियु निर्वाचनलाई पारदर्शिता सुनिश्चित गर्नेकुरामा राजनीतिक दलहरुसँग छलफल गरेर अघि बढ्ने । अनावश्यक झैझगडा नहोस् भन्ने हो ।’

उनले संविधान संशोधनको विषयमा पनि छलफल भएको र त्यसमा सरकारको तर्फबाट कार्यदल बनेको र संशोधन आवश्यक भएका विषयमा आफ्नो पार्टीले धारणा बनाउने बताएका छन् ।
बैठकबारे जानकारी दिँदै पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले निर्वाचन सम्बन्धी विधेयक गृह मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले गृहकार्य गरिरहेकाले सो विषयमा छलफल गरेको बताए । विधेयबारे सैद्धान्तिक छलफल भएको र राजनीतिक दलसम्बन्धी विधेयकका कतिपय दफाहरु शुन्यताको अवस्थामा रहेकाले उक्त विधेयकमा के गर्ने भन्नेबारेमा छलफल भएको बताउंदै उनले स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघलाई कसरी जिताउने भन्नेबारेमा छलफल भएको बताएका छन् ।

उनले विधेयकहरु कसरी छिटो भन्दा छिटो अघि बढाउने भन्नेबारेमा छलफल भएको बताए।


प्रकाशित मिति: १७ फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?