Trending
>>   राष्ट्रिय सभा अध्यक्षले गरे समिति सभापतिहरुसँग छलफल >>   जेन–जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी अपराधिक र षड्यन्त्रपूर्णः ईश्वर पोखरेल >>   राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छ,कोही उपेक्षित नहुने गरी नयाँ समझदारी गरेर अघि बढौँ :… >>   जेन–जी आन्दोलनको उपलब्धि अन्तरिम सरकार र निर्वाचनको घोषणामा सिमित रह्योः अध्यक्ष दाहाल >>   सरकार र निजी क्षेत्रको सहकार्यमा पुनर्निर्माणः मुख्यसचिव अर्याल >>   प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदुतको शिष्टाचार भेट >>   अन्तरिम सरकारको मुख्य काम समयमै निष्पक्ष निर्वाचनः गृहमन्त्री अर्याल >>   समयमै निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग तयार छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   जेन जीको नाममा भएको आगजनी र तोडफोड गर्नेमाथि निष्पक्ष छानविन गरी कारबाही गरियोस्ः प्रकाशमान सिंह >>   जेन-जी आन्दोलनको प्रभावः २० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बीमा माग दाबी
Logo
२ आश्विन २०८२, बिहीबार
२ आश्विन २०८२, बिहीबार

काँग्रेसले भन्योः नो केबलकार स्वीकार्य छैन,पाथीभरा केबलकार निर्माण गर्नुपर्नेमा जोड


काठमाडौँ। नेपाली काँग्रेसले पाथीभरा केबलकारको विषय छलफलबाट टुंगो लगाएर विकास निर्माणलाई अघि बढाउनुपर्नेमा जोड दिएको छ ।

शुक्रवार बुढानिलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा पाथीभरा मन्दिर आस्थाको केन्द्र भएकाले धार्मिक आस्थामा क्षति नपुग्नेगरी केबलकार निर्माण गर्नुपर्नेमा जोड दिइएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताए । उनले केबलकार निर्माणले आस्थामाथि प्रहार गर्ने नभइ श्रद्धालुहरुलाई सहज पुहुँच पुर्याउने बताए । बैठकमा स्ववियु निर्वाचनको पारदर्शिता सुनिश्चित गर्नेकुरामा पनि सबै राजनीतिक दलहरुसँग छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिइएको बताए । अनावश्यक झैझगडा हुन नदिने गरी शान्तिपूर्वक स्ववियु निर्वाचन सम्पन्न गर्नुपर्ने बारेमा छलफल भएको बताए ।

उनले भने ‘निर्वाचन सम्बन्धी पहिलाको अध्यादेश, विधेयकहरुको विषयवस्तु थियो । आउँदो अधिवेशनमा निर्वाचनसम्बन्धी विधेयक त्यहीँ नै छलफल गरेर टुंगो लाग्छ । निर्वाचनसम्बन्धी विषय, संविधान संशोधनको विषय छ । एउटा कार्यदल बनाएर अन्य दलहरुको पनि सहमति लिएर त्यसको टुंगो लगाउने भन्नेछ । कस्तो खाले समावेशिता भन्नेबारेमा छलफल गरिरहेका छौँ । पाथीभरा केबलकारको विषय छ । संवेदनशिलता पहिचान, किराँत संस्कृतिका कुरालाई उच्च सम्मान गर्दछौँ । सँगै केबलकारले अलि सहज गर्दछ, मन्दिरमा पुग्नलाई भन्ने मुल मक्सद हो । यो विषयलाई लिएर गतिरोध उत्पन्न भएको छ । यसलाई शान्तिपूर्ण छलफलबाट टुंग्याउनुपर्छ भन्नेकुरा सरकारले पनि निर्णय गरेको छ । छलफल र संवादबाटै यसको समाधान गर्ने भन्ने हो । पहिचान र महत्वलाई कतै कमजोर नबनाइ अघि बढाउन सकिन्छ । केबलकार त श्रद्धा गर्नेलाई त्यहाँ पुग्न सहज होस् भन्ने माध्यम हो । त्यसले आस्थामा कुण्ठित गर्ने कुरा हुँदैन । धार्मिक आस्थाको रुपमा बहस गर्न जरुरी छैन । सबैको आस्थाको केन्द्र हो । स्ववियु निर्वाचनलाई पारदर्शिता सुनिश्चित गर्नेकुरामा राजनीतिक दलहरुसँग छलफल गरेर अघि बढ्ने । अनावश्यक झैझगडा नहोस् भन्ने हो ।’

उनले संविधान संशोधनको विषयमा पनि छलफल भएको र त्यसमा सरकारको तर्फबाट कार्यदल बनेको र संशोधन आवश्यक भएका विषयमा आफ्नो पार्टीले धारणा बनाउने बताएका छन् ।
बैठकबारे जानकारी दिँदै पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले निर्वाचन सम्बन्धी विधेयक गृह मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले गृहकार्य गरिरहेकाले सो विषयमा छलफल गरेको बताए । विधेयबारे सैद्धान्तिक छलफल भएको र राजनीतिक दलसम्बन्धी विधेयकका कतिपय दफाहरु शुन्यताको अवस्थामा रहेकाले उक्त विधेयकमा के गर्ने भन्नेबारेमा छलफल भएको बताउंदै उनले स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघलाई कसरी जिताउने भन्नेबारेमा छलफल भएको बताएका छन् ।

उनले विधेयकहरु कसरी छिटो भन्दा छिटो अघि बढाउने भन्नेबारेमा छलफल भएको बताए।


प्रकाशित मिति: १७ फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?