Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीले संगठन विस्तार अभियान सञ्चालन गर्ने


काठमाडौँ। राष्ट्रिय मुक्ति पार्टी, नेपालले संगठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ ।

बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष राजेन्द्र महतोले संगठन बिस्तार, प्रशिक्षण तथा अर्थ संकलनको ४५ दिने अभियान सञ्चालन गर्न लागिएको बताएका छन् । पार्टीलाई विभिन्न अभियानमार्फत स्थानीयस्तरमा संगठित बनाइने उनको भनाइ छ ।

उनले भने,‘२०८१ माघ ८ गते निर्वाचन आयोगबाट विधिवत रुपमा दल दर्ताको पाइसकिएकाले अब द्रुत गतिमा पार्टी विस्तारको कार्यलाई अगाडि बढाउन चैत १ गतेदेखि वैशाख १५ गतेसम्म संगठन बिस्तार अभियान, प्रशिक्षण कार्यक्रम र अर्थ संकलन अभियान चलाउने निर्णय गरिएको छ । यस अभियान अन्तर्गत पार्टीलाई गाउँ गाउँसम्म पुर्याइनेछ ।’

अध्यक्ष महतोले विचार मिल्ने पार्टीसँग एकता र एकीकरणका लागि वार्ता भइरहेको बताउदै विश्व राजनीतिमा भइरहेको परिवर्तनले नेपालमा पनि बहुआयामिक दबाब सिर्जना गरेको दाबी गरेका छन् ।


प्रकाशित मिति: १५ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?