काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा. शशांक कोईरालाले ०८२ सालमै पार्टीको अधिवेशन हुनुपर्नेमा जोड दिएका छन् ।
उनले चुनावको बेलामा अधिवेशन गराए निर्वाचनमा पार्टीलाई गाह्रो हुने बताउदै पार्टीलाई अफ्ठ्यारोमा पर्नबाट बचाउन ०८२ भित्रै निर्वाचन गराउनु उचित हुने र ०८२ मा निर्वाचन गर्न नसके निर्वाचनपछि अधिवेशन गर्न उचित हुने बताएका छन् ।
उनले भने, ‘अधिवेशनको बारेमा शेरबहादुरजीलाई सोधेँ । शेरबहादुरजीलाई सोध्नु भन्दा पहिलाको अन्तरवार्तामा मैले के भने भन्दा चुनाव भन्दा दुई पहिला अधिवेशन गराएको राम्रो हो । तर त्यसपछि गरायो भने हामी अफ्ठ्यारोमा पर्छौं । चुनावको मुखमा अधिवेशन गरियो भने तिक्तको बाटो हुन्छ । गाह्रो हुँदैन । त्यसैले दुई वर्ष पहिला गर्नुपर्छ । ०८२ सालमा गर्नुपर्छ । गराउन सकिएन भने चुनाव पछि नै गर्नुपर्छ ।’
सांसद कोईरालाले निर्वाचनको मुखमा अधिवेशन गर्दा कसैलाई फाइदा नहुने बताए ।
प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलवार