Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

अघिल्लो भ्रष्ट सरकारको कारण ग्रे लिस्टमा परियो– सञ्चारमन्त्री गुरुङ


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अघिल्लो पुष्पकमल दाहाल नेतृत्वको सरकारको कारणले नेपाल ग्रे लिष्टमा परेको बताएका छन् ।

मंगलवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलनमा बोल्दै मन्त्रि गुरुङले नेपाल गरे लिस्टमा पर्नुमा अघिल्लो सरकार जिम्मेवार रहेको बताए । उनले अघिल्लो सरकार भ्रष्ट भएको र अनिवार्य गर्नुपर्ने कानूनी सुधारको काम नगरेर नेपाल ग्रे लिस्टमा परेको आरोप लगाएका छन् ।

उनले एपिजी (एशिया÷प्रशान्त क्षेत्रका  सम्पती शुद्धीकरण सम्बन्धी काम गर्ने अन्तरसरकारी समूहले दिएको प्रतिवेदनले औंल्याएको काम नगर्दा ग्रे लिस्टमा परेको बताउदै उनले  अब १ वर्ष भित्र ग्रे लिस्टबाट बाहिर निस्कने गरी सुधारको काम गर्ने बताएका छन् । प्रतिपक्षमा पुगेर वर्तमान सरकारलाई गालि गरेपनि नेपाल सम्पती शुद्धिकरणको ग्रे लिस्टमा परेको नैतिक जिम्मेवारी नेतृत्वको सरकारले लिनुपर्ने बताए ।

उनले अब ग्रे लिस्टबाट बाहिर निस्कन आवश्यक सबै नीतिगत कानूनी र कार्यान्वयनमा सुधार गरेर कार्य सम्पादन हुने र  योजनावद्ध रुपमा काम गरेर ग्रे लिस्ट बाहिर आउने बताएका छन्  ।


प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?