Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

भ्रष्टाचार विरुद्धको अभियान रोकिँदैनः रास्वपा सांसद ढकाल


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकाललले भ्रष्टाचार विरुद्धको अभियान नरोकिने बताएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकको विशेष समयमा बोल्दै उनले एक जनालाई छेकेर भ्रष्टाचार विरुद्धको अभियान नछेकिने बताएका छन् । उनले पार्टीले संसदमा बहुमत पु¥याएको दिन अकुत कमाएर सम्पतीको माद्यकतामा मस्त रमाएर बेहोस भएकाहरुलाई ब्युँझाउने बताए । उनले राणा कालमा अकुत कमाउनेको सम्पती जसरि राज्य ढुकुटीमा आयो त्यसरि नै ३५ वर्षमा अनेकौं काण्ड मच्चाएर नागरिकको पसिना चुसेकाहरुको अकुत सम्पती राज्य ढुकुटिमा ल्याउने दाबी गरेका छन् ।

उनले भने, ‘हामीले उठाएको भ्रष्टाचार विरुद्धको यो अभियान कसै एक जनालाई छेकेर छेकिने वाला छैन । यस पटक संख्या पुगेन । संख्या पुगेको दिन अकुत कमाएर सम्पत्तिको माद्यकतामा मस्त रमाएर बेहोस् भएकाहरुलाई बउिझाउँने छौं । राणा कालमा अकुत कमाउनेको सम्पत्ति जसरि राज्य ढुकुटीमा आयो । राजाको सम्पती जसरी राज्य ढुकुटीमा आयो यो ३५ वर्षमा अनेकौं काण्ड मच्चाएर नागरिकको रगत पसिना चुसेकाहरुको त्यो अकुत सम्पत्ति राज्य ढुकुटिमा ल्याउँछौं । ०८४ मा संख्या पु¥याउँछौं । खबरदार ।’

उनले वर्तमान सरकार भ्रष्टाचारीको संरक्षणमा लागेको आरोप समेत लगाए ।


प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?