Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सरकारले संसदमा बलमिच्याईं गर्न खोज्योः सांसद शर्मा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सरकारले संसदमा बलमिच्याईं गर्न खोजेको आरोप लगाएकी छिन्।

प्रतिनिधि सभाको मंगलवारको बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले यस्तो आरोप लगाएकी छिन् । उनले संसदीय समितिबाट पारित भएको विधेयक समेत मन्त्रीले संशोधन गरेको आरोप लगाइन्  ।  सरकारले संसदमा विचाराधिन विधेयक समेत फिर्ता नलिई अध्यादेश जारी गरेको र मन्त्रीका होटेलहरुमा समितिको बैठक राख्ने गरेको बताउदै उनले संसदमा प्रतिपक्षी दलका नेताहरुले सोधेको प्रश्नको जवाफ समेत सरकारले नभई सत्तारुढ दलका सांसदहरुले दिने गरेको आरोप लगाएकी छिन् ।

 उनले भनिन् ,’हामी देखिरहेका छौं संसदमाथि सरकारको निरन्तर बलमिच्यार्इंं भइरहेको छ । संसदीय समितिबाट पारित विधेयकलाई मन्त्रीबाट संशोधन हुन्छ । संसदमा विचाराधिन विधेयकलाई फिर्ता समेत नलिई अध्यादेश जारी हुन्छ, मन्त्रीका होटेलहरुमा समितिका बैठकहरु आयोजना गरिन्छन् । प्रश्नोत्तर कार्यक्रममा जवाफ नदिएर अपमान गर्ने मात्र होइन सभामुख महोदय प्रतिपक्षी दलका नेताहरुले सोधेका प्रश्नहरुको जवाफ सरकारले हैन पनि सत्तारुढ दलका सांसदहरुले दिनुहुन्छ । यस प्रकारको गतिविधि रोकिनुपर्छ । शक्ति पृथकिकरणको सिद्धान्तअनुसार संसदले संसदको अधिकार सदुपयोग गर्न पाउनुपर्छ ।’

उनले सरकारले संसदमाथि गरिरहेको बलमिच्याईं रोकिनुपर्ने बताइन् ।


प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?