Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

कालिमाटी फलफूल तथा तरकारी बजारमा भइरहेको बेथितिबारे सरकारको ध्यानाकर्षण


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)की सांसद रुपा सोशी चौधरीले कालिमाटी फलफूल तथा तरकारी बजारमा भइरहेको बेथितिबारे सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

प्रतिनिधि सभोको मंगलवारको बैठकमा बोल्दै उनले ११ जनाको बजार व्यवस्थापन समितिमा ३ जना वास्तविक किसान हुनुपर्नेमा त्यस्तो नभएको बताइन् । उनले फलफूल तथा तरकारीको मूल्य समेत बजार व्यवस्थापनले नभई व्यापारीले तोक्ने गरेको बताउदै मन्द विषादीको शिकार उपभोक्ता हुनुपर्ने बेथितिको अन्त्य कहिले हुन्छ सरकार ? भन्दै प्रश्न समेत गरिन् ।

उनले भनिन्, ‘११ जनाको बजार व्यवस्थापन समितिमा ३ जना किसान नहुनु, फलफूल तथा तरकारीको मूल्य निर्धारण समितिले नभई व्यापारिले गर्नु, खुद्रा पसलेले फलफूल तथा तरकारी लगिसकेपछि गुणस्तर परीक्षण हुनु, मन्द विषादीको सिकार उपभोक्ता हुनुपर्ने बेथितिको अन्त्य कहिले हुन्छ सरकार ? म सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले कालिमाटी फलफूल तथा तरकारी बजारको व्यवस्थापन गर्न सरकारसँग माग गरेकी छिन् ।


प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?