Trending
>>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छ आजको कार्यसूची


काठमाडौँ। संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौं वार्षिक प्रतिवेदन आ.व. २०८०÷०८१ पेश गर्ने कार्यसूची रहेको छ। यसैगरी,गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची रहेको छ।

सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकहरुले विभिन्न अस्पतालबाट निःशुल्क सेवा पाउँदै आएकोमा नेपाल सरकार र प्रदेश सरकारबाट प्रदान गरिने अनुदान रकमको अभावले गर्दा सेवाबाट वञ्चित हुने अवस्था आएकोले उक्त अस्पतालहरुबाट पाउँदै आइरहेको सेवाको निरन्तरता हुनुपर्ने भन्ने सार्वजनिक महत्वको विषयमाथि माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण पेश गर्ने कार्यसूची रहेको छ।

यसैगरी ,उक्त प्रश्तावमाथी दयालबहादुर शाही र पुष्पबहादुर शाहले स्पष्टीकरण माग गर्ने, राजेन्द्र बजगाईंले नेपालका ग्रामिण क्षेत्रमा बाँदर र जङ्गली सुँगुर (बँदेल) को आतङ्कबाट खेतीबाली नष्ट भई किसानको सुरक्षामा समेत खतरा पैदा भएकाले समस्याको दीर्घकालीन समाधान गर्दै कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन र वातावरणीय सन्तुलन कायम राखका लागि नीति निर्माण र कार्यान्वयनको आवश्यकता भएकोले भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रश्ताव प्रश्तुत गर्ने, उक्त प्रश्तावका समर्थक उदय समशेर ज.ब.रा. र सञ्जयकुमार गौतमले समर्थन गर्ने कार्यसूचि रहेको छ ।


प्रकाशित मिति: १२ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?