Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

माओवादी केन्द्रको आरोपः सरकारको अकर्मण्यता र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल ग्रे लिस्टमा पर्यो


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सरकारको अकर्मण्यताको कारण नेपाल सम्पती शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परेको आरोप लगाएका छन् ।

आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सापकोटाले सरकारको अकर्मण्यता, वित्तिय क्षेत्रमा सुधार गर्ने अठोटको अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको बताएका छन् । उनले सम्पती शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परेकोप्रति खेद र निन्दा व्यक्त गर्दै उनले यस घटनाले सरकार सुशासनको पक्षमा नभएको र असफल भएको संकेतका रुपमा लिएको समेत बताए ।

उनले भने, ‘यो घटनाक्रमले सरकार सुशासनका पषमा छैन र सरकार सम्पुर्ण रुपमा असफल भएको संकेतको रुपमा हामीले लिनुपर्दछ । र सरकारले नैतिक रुपमा आफ्नो मार्ग प्रसस्त गर्नुपर्छ भनेर म सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु । ’

उनले यस घटनाले सिंगो देशको मान र इज्जत नरहेको कारण संसदले गम्भिरताका साथ लिनुपर्ने बताए ।


प्रकाशित मिति: ११ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?