Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

फास्ट ट्रयाकको निर्माण अवधि लम्बिने निश्चित


काठमाडौँ। काठमाडौं–तराई–मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको समयावधि थपिने भएको छ ।

नेपाली सेनाले हालसम्म गरेका कार्यहरुका बारेमा जानकारी दिन आईतवार नेपाली सेनाको मुख्यालयमा आयोजित कार्याक्रममा यस्तो जानकारी दिएको हो । काठमाडौं–तराई–मधेस द्रुत मार्गका प्रमुख उपरथी कमलविक्रम शाहले गत असोज १२ र १३ गतेको भिषण वर्षाका कारण निर्माण कार्यमा ढिलाइ भएको बताएका छन् । उनले खोकनाको जग्गा विवाद समयमै हल हुन नसके निर्माणको समयावधि थपिने निश्चित भएको बताए ।

उनले भने, ‘नेपाली सेनाले लिएको काम नगर्ने भन्ने त कुरै हुँदैन । त्यसमा त हामी दिनरात लागेर प्रयास गरिरहेका छौँ । गत असोज १२ र १३ गतेको हेभ्भी रेन फलले गर्दाखेरि हाम्रो काममा धेरै ह्याम्पर गरेको कारणले पनि काममा केही डिले भएको हो । अब त्यो न्याचुरल डिजास्टरमा हाम्रो पनि हात हुनेकुरा भएन, त्यसले गर्दा डिले भइरहेको छ । हामीलाई सबैभन्दा गाह्रो भएका चाहिँ रुख कटानको काममा चाहिँ एकदम बढी समय लागेको कारणले पनि काममा केही समय लागेको छ । अर्को यो खोकनाको जग्गाको विवाद समाधान हुनलाई ढिलो भयो भने त आयोजनाको टाइम बढ्नेमा त ले म्यानलाई पनि थाहा हुन्छ भन्ने कुरा हो ।’

असोज १२ र १३ गतेको भिषण वर्षाका कारण बख्खुबेसीदेखि सिस्नेरीसम्मको फास्ट ट्रयाक निर्माणको भौगोलिक अवस्था नै परिवर्तन भएको नेपाली सेनाको भनाइ छ ।


प्रकाशित मिति: ११ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?