Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

नियमानुसार नै ताप्लेजुङमा केबलकार निर्माणको जिम्मेवारी निजी संस्थालाई दिइएको होः योगेश भट्टराई


काठमाडौँ। नेकपा (एमाले)का सांसद योगश भट्टराईले संवैधानिक व्यवस्थाअनुसार नै ताप्लेजुङ मा कबलकार निर्माणको काम अगाडि बढेको दाबी गरेका छन् ।

आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै केबलकार निर्माणको जिम्मेवारी नीजि संस्थालाई दिएको दाबी गरेका छन् । उनले विकास निर्माणको विरोध गर्ने अधिकार सबैलाई भएपनि त्यसको सिमामा रहेर विरोध गर्नुपर्ने बताए । उनले केबलकार विरोधी समूहले शनिवार राति मसाल जुलुस गर्ने क्रममा स्थानीयको घरमा आगोको मुस्लो फाल्ने काम गरेको समेत आरोप लगाउदै उनले केबलकार निर्माणको विषयमा धर्म र संस्कृतिमाथि व्यक्तिको निजी स्वार्थ प्रयोग गरिएको बताए । उनले विकास निर्माण र धर्मसंस्कृतिमाथि राजनीति प्रवेश गराउँदा त्यसले डरलाग्दो रुप लिने समेत बताए ।

उनले भने, ‘संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले संवैधानि व्यवस्थाअनुसार नै ताप्लेजुङमा केबलकार निर्माण गर्न एउटा नीजि संस्थालाई जिम्मेवारी दिएको छ । विरोध गर्ने अधिकार सबैलाई हुन्छ । तर विरोधका सिमा हुन्छन् सभामुख महोदय । त्यसलाई सभ्य, संयमित र शान्तीपूर्ण ढंगले अगाडि बढाउनुपर्छ भन्ने हामी सबैको मान्यता हो । तर दुर्भाग्यवस हिजो बेलुका केबुलकार विरोधी समूहबाट भएको मसाल जुलुसको क्रममा ताप्लेजुङ बजार एकदमै अशान्त भयो । सर्वसाधारणको घरमा आगो फाल्ने काम भयो । सुरक्षाको निम्ति बसिरहेका सुरक्षाकर्मीहरुमाथि सांघातिक हमला गर्ने काम भयो । थुप्रै सुरक्षाकर्मी पनि घाइते हुने स्थिति सिर्जना भएको छ । सुरक्षाकर्मीहरुको संयमताले थप गतिविधि हुनबाट रोकिएको छ । विकासको विरोधि कोही पनि छैन । धर्म र संस्कृतिको विरोधी कोही पनि छैन । धर्म र संस्कृतिलाई जब हामी व्यत्तिका नीजि स्वार्थमा हामी प्रयोग गर्न थाल्छौं । धर्म र संस्कृतिलाई जब राजनीतिका प्रवेश गराउन थाल्छौं । त्यसले भयंकर विवादको स्वरुप लिन्छ । नेपाल जस्तो समन्वय र सककार्यकारी संघीयता भएको देशमा यस्तो परिस्थिति आउनु दुःखद् हो । ’

उनले नेपालजस्तो लोकतान्त्रिक मुलुकमा यस्तो परिस्थिति निर्माण हुनु आफैँमा दुःखद् भएको भन्दै वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ११ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?