Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

नियमानुसार नै ताप्लेजुङमा केबलकार निर्माणको जिम्मेवारी निजी संस्थालाई दिइएको होः योगेश भट्टराई


काठमाडौँ। नेकपा (एमाले)का सांसद योगश भट्टराईले संवैधानिक व्यवस्थाअनुसार नै ताप्लेजुङ मा कबलकार निर्माणको काम अगाडि बढेको दाबी गरेका छन् ।

आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै केबलकार निर्माणको जिम्मेवारी नीजि संस्थालाई दिएको दाबी गरेका छन् । उनले विकास निर्माणको विरोध गर्ने अधिकार सबैलाई भएपनि त्यसको सिमामा रहेर विरोध गर्नुपर्ने बताए । उनले केबलकार विरोधी समूहले शनिवार राति मसाल जुलुस गर्ने क्रममा स्थानीयको घरमा आगोको मुस्लो फाल्ने काम गरेको समेत आरोप लगाउदै उनले केबलकार निर्माणको विषयमा धर्म र संस्कृतिमाथि व्यक्तिको निजी स्वार्थ प्रयोग गरिएको बताए । उनले विकास निर्माण र धर्मसंस्कृतिमाथि राजनीति प्रवेश गराउँदा त्यसले डरलाग्दो रुप लिने समेत बताए ।

उनले भने, ‘संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले संवैधानि व्यवस्थाअनुसार नै ताप्लेजुङमा केबलकार निर्माण गर्न एउटा नीजि संस्थालाई जिम्मेवारी दिएको छ । विरोध गर्ने अधिकार सबैलाई हुन्छ । तर विरोधका सिमा हुन्छन् सभामुख महोदय । त्यसलाई सभ्य, संयमित र शान्तीपूर्ण ढंगले अगाडि बढाउनुपर्छ भन्ने हामी सबैको मान्यता हो । तर दुर्भाग्यवस हिजो बेलुका केबुलकार विरोधी समूहबाट भएको मसाल जुलुसको क्रममा ताप्लेजुङ बजार एकदमै अशान्त भयो । सर्वसाधारणको घरमा आगो फाल्ने काम भयो । सुरक्षाको निम्ति बसिरहेका सुरक्षाकर्मीहरुमाथि सांघातिक हमला गर्ने काम भयो । थुप्रै सुरक्षाकर्मी पनि घाइते हुने स्थिति सिर्जना भएको छ । सुरक्षाकर्मीहरुको संयमताले थप गतिविधि हुनबाट रोकिएको छ । विकासको विरोधि कोही पनि छैन । धर्म र संस्कृतिको विरोधी कोही पनि छैन । धर्म र संस्कृतिलाई जब हामी व्यत्तिका नीजि स्वार्थमा हामी प्रयोग गर्न थाल्छौं । धर्म र संस्कृतिलाई जब राजनीतिका प्रवेश गराउन थाल्छौं । त्यसले भयंकर विवादको स्वरुप लिन्छ । नेपाल जस्तो समन्वय र सककार्यकारी संघीयता भएको देशमा यस्तो परिस्थिति आउनु दुःखद् हो । ’

उनले नेपालजस्तो लोकतान्त्रिक मुलुकमा यस्तो परिस्थिति निर्माण हुनु आफैँमा दुःखद् भएको भन्दै वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ११ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?