Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

केपी ओली कपको तयारी पूरा


काठमाडौँ। फागुन ११ गतेदेखि शुरु हुने केपी टोली कप राष्ट्रिय फुटबल प्रतियोगिताको तेस्रो संस्करणको तयारी पूरा भएको छ ।

आयोजक राष्ट्रिय युवा संघ नेपालले शनिबार पत्रकारमार्फत प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । फागुन १९ गतेसम्म हुने प्रतियोगितामा पछिल्ला दुई संस्करणको च्याम्पियन मच्छिन्द्र क्लव, एपिएफ, नेपाल पुलिस क्लव, त्रिभूवन आर्मी क्लव, न्युरोड टिम (एनआरटी), संकटा, भुटानको ट्रास्पोर्ट युनाइटेड, उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र आयोजकको टोलीले प्रतिष्पर्धा गर्दैछन् । दुई विदेशी टोलीमध्ये ब्ल्याक बुल्सले केही हप्ताअगाडि मात्र सम्पन्न आहारारा फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।

केपी ओली कपका खेलहरू सातदोबाटो एन्फा कम्प्लेक्स र फाइनल दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन् । गत संस्करणको विजेताले ११ लाख रुपैयाँ प्राप्त गरेको थियो । सर्वोत्कृष्ट खेलाडीले १ लाख तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उदीयमान खेलाडीले समान ५० हजार र प्लेयर अफ द म्याचले १५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र पाउनेछन् । हरेक खेल जित्ने टोलीले २५ हजार रुपैयाँ पाउनेछ । प्रतियोगिताको उद्घाटन खेलमा एपिएफ र ब्ल्याक बुल्स प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: १० फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?