Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

स्काउटको अवस्था देशभर खस्किँदै गएको छः मन्त्री चौधरी


काठमाडौँ।युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्काउटको अवस्था देशभर खस्किँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शनिवार स्काउट डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेस प्रदेशमा स्काउटको अवस्था दयनीय रहेको बताए । उनले मधेस प्रदेशको स्थिति हेर्दा देशमा स्काउट हराएको महशुस भएको बताए । मधेस प्रदेशमा स्काउटको नेतृत्व गर्ने व्यक्तिहरु केही पनि नजान्ने र स्काउटसँग सरोकार नै नराख्ने किसिमका रहेको बताउदै उनले आफ्नो कार्यकालमा स्काउटलाई राम्रो बनाउने प्रतिवद्धता जनाएका छन् ।

मन्त्री चौधरीले भने, ‘हामी ७५३ वटा स्थानीय तह छौँ । अस्ति म जनकपुर जाने सिलसिलामा मधेस प्रदेशको अफिस गएको थिएँ । त्यो ठाउँ हेर्दाखेरी मधेस प्रदेशको स्काउटिङको अवस्था हेर्दा मैले साँच्चै यो देशमा स्काउट हराएको छ भन्ने महशुस भयो । हामी मधेसमा पढ्दा जुन किसिमको थियो, तराई मधेसमा अहिले स्काउटिङ तराई मधेसमा नेतृत्व लिने व्यक्तिहरुले स्काउटसँग कुनै सरोकार नराख्ने, हात मिलाउन पनि नआउने, केही नजान्ने रहेछन् । मधेस प्रदेशमा स्काउटको हालत छ, त्यो धेरै नै नराम्रो छ ।’

मन्त्री चौधरीले स्काउटमा बारम्बार काम गर्न खोजे पनि काम हुन नसकेको स्वीकार गरेका छन् । स्काउटको नयाँ कार्यसमितिमा कुनै राजनीतिक दबाब बिन कर्मचारी ल्याएको बताए । सार्वजनिक संस्थामा आउनेहरुले राजनीति गर्न नहुने बताउदै उनले राजनीति गर्ने भए वडाध्यक्ष, सांसदमा प्रतिष्पर्धा गर्न आग्रह गरे।


प्रकाशित मिति: १० फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?