Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरीः मेयर बालेन


काठमाडौँ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्थानीय खानेकुरालाई प्रवद्र्धन गर्न जरुरी रहेको बताएका छन् ।

शनिवार स्वयम्भू महोत्सवको उद्घाटन गर्दै उनले नेपालको विशेषता भनेकै स्थानीय खानेकुरा, संस्कृति, धर्म, कला भएको उल्लेख गरे । उनले महेत्सवले नेपालको संस्कार, संस्कृति, धर्म, कला र परिकारहरुको प्रवद्र्धन गर्ने बताउदै युवा पुस्तालाई स्थानीय परिकार, धर्म, संस्कृति र कलाको महत्व बुझाउनसके नेपालले धेरै प्रगति हाँसिल गर्ने बताए । उनले नेपाली परिकारहरु धेरै नै पौष्टिक रहेको उल्लेख गर्दै अहिले विदेशीहरुले सिको गरेर खाने गरेको बताए ।

उनले भने, ‘हाम्रो विशेषता नै यही हो । हाम्रो धर्म संस्कृति, कला र खाने परिकार सँगसँगै जाने भएकाले यस्तो महोत्सवले यि तीन वटै कुरालाई प्रचार प्रसार गर्ने र नयाँ पुस्तालाई पनि हाम्रो परिकार के हो भन्ने बुझाउने मौका पनि हो । अहिलेको नयाँ पुस्तालाई यो खानेकुरा खाँदा के असर गर्दछ, यसमा क्याल्सियम छ की छैन ? प्रोटिन छ की छैन । यस्तो कुराको जानकारी एकदमै लिन खोज्छ । हाम्रो स्थनीय परिकारहरुमा न्युट्रिसियन भ्याल्युहरु एकदमै धेरै हुन्छ । धेरै हुन्छ भन्नेकुरा हामीले प्रचार गरिरहेका हुँदैनौँ । हाम्रो स्थानीय उत्पादनहरुमा के कति पाइन्छ भन्नेकुरा बिस्तारै नयाँ पुस्तालाई भन्दै गए हाम्रो खानेकुराप्रतिको आकर्षण अझै बढ्छ । हाम्रो खाना, हाम्रो खाजा यति सम्पूर्ण छ, अहिले विदेशीहरुले कुार बुझ्दै हाम्रो खाने कुराहरु अपनाउन थालेका छन् । यसलाई प्रवद्र्धन गर्दै जानुपर्छ ।’

स्थानीय पहिचान र सम्भावना प्रवद्र्धनका लागि काठमाडौँ महानगरपालिका अन्तर्गत वडा नं १५ को आयोजनामा एक हप्ते स्वयम्भू महोत्सव आजबाट शुरु भएको हो ।


प्रकाशित मिति: १० फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?