Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरीः मेयर बालेन


काठमाडौँ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्थानीय खानेकुरालाई प्रवद्र्धन गर्न जरुरी रहेको बताएका छन् ।

शनिवार स्वयम्भू महोत्सवको उद्घाटन गर्दै उनले नेपालको विशेषता भनेकै स्थानीय खानेकुरा, संस्कृति, धर्म, कला भएको उल्लेख गरे । उनले महेत्सवले नेपालको संस्कार, संस्कृति, धर्म, कला र परिकारहरुको प्रवद्र्धन गर्ने बताउदै युवा पुस्तालाई स्थानीय परिकार, धर्म, संस्कृति र कलाको महत्व बुझाउनसके नेपालले धेरै प्रगति हाँसिल गर्ने बताए । उनले नेपाली परिकारहरु धेरै नै पौष्टिक रहेको उल्लेख गर्दै अहिले विदेशीहरुले सिको गरेर खाने गरेको बताए ।

उनले भने, ‘हाम्रो विशेषता नै यही हो । हाम्रो धर्म संस्कृति, कला र खाने परिकार सँगसँगै जाने भएकाले यस्तो महोत्सवले यि तीन वटै कुरालाई प्रचार प्रसार गर्ने र नयाँ पुस्तालाई पनि हाम्रो परिकार के हो भन्ने बुझाउने मौका पनि हो । अहिलेको नयाँ पुस्तालाई यो खानेकुरा खाँदा के असर गर्दछ, यसमा क्याल्सियम छ की छैन ? प्रोटिन छ की छैन । यस्तो कुराको जानकारी एकदमै लिन खोज्छ । हाम्रो स्थनीय परिकारहरुमा न्युट्रिसियन भ्याल्युहरु एकदमै धेरै हुन्छ । धेरै हुन्छ भन्नेकुरा हामीले प्रचार गरिरहेका हुँदैनौँ । हाम्रो स्थानीय उत्पादनहरुमा के कति पाइन्छ भन्नेकुरा बिस्तारै नयाँ पुस्तालाई भन्दै गए हाम्रो खानेकुराप्रतिको आकर्षण अझै बढ्छ । हाम्रो खाना, हाम्रो खाजा यति सम्पूर्ण छ, अहिले विदेशीहरुले कुार बुझ्दै हाम्रो खाने कुराहरु अपनाउन थालेका छन् । यसलाई प्रवद्र्धन गर्दै जानुपर्छ ।’

स्थानीय पहिचान र सम्भावना प्रवद्र्धनका लागि काठमाडौँ महानगरपालिका अन्तर्गत वडा नं १५ को आयोजनामा एक हप्ते स्वयम्भू महोत्सव आजबाट शुरु भएको हो ।


प्रकाशित मिति: १० फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?