काठमाडौँ। प्रधानमन्त्री ओलीले भक्तपुरको बालकोटमा रहेको घर आफ्नो बलबुँताले बनाएको नभइ श्रीमती राधिका शाक्यको कमाईबाट बनाएको बताएका छन् । उनले उक्त घर पनि नेपाल ट्रस्टलाई दान गरिसकेको बताउदै आफूजति श्रीमतीसँग खुशी मानिस अर्को सायदै हुने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘अहिले घरको जुन चर्चा गर्दछन् त्यो राधिका शाक्यले बनाएको हो । मेरो बुताले, मेरा हुतीले होइन । त्यो घर पनि ट्रस्टलाई दान गरिसकेको छ । मेरो कमाई दान गरेको होइन, उनकै कमाइ दान गरेको हो । त्यसकारण म जति श्रीमतीसँग खुशी मान्छे कोही पनि छैन होला सायद । म त्यति खुशी छु । राधिका नहुने हो भने म अहिलेसम्म बाँच्न वास्तवमा सम्भव थिएन ।’
प्रधानमन्त्री ओलीले श्रीमती राधिका नहुने हो भने अहिलेसम्म आफू बाच्न सम्भव नरहेको पनि जिकिर गरेका छन् ।
प्रकाशित मिति: १० फाल्गुन २०८१, शनिबार