Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

‘राजनीतिमा देखिएको शुन्यता चिर्न एकीकृत समाजवादी सक्षम’


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले ‘राजनीतिमा देखिएको शुन्यता चिर्न एकीकृत समाजवादी सक्षम’ भएको बताएका छन्।

लतिपुरमा शुक्रवारबाट जारी केन्द्रिय कमिटीको बैठकको बारेमा जानकारी दिँदै प्रवक्ता खतिवडाले बैठकमा नेतृत्व र केन्द्रिय सदस्यहरुले खेल्नुपर्ने भुमिकाका बारेमा केन्द्रिकृत भएको बताए । पार्टीलाई जनतासँग जोडेर जनसंघर्षको माध्यमबाट सबल बनाउने प्रश्ताव बैठकमा गरिएको उनको भनाइ छ ।

उनले भने, ‘केन्द्रिय कमिटीको यो दोस्रो बैठकमा केन्द्रीय कमिटीका सदस्यहरु पार्टीलाई कसरी सुदृढ र सबल बनाउनका लागि कस्ता योजना कार्यान्वयन गरेर जानुपर्छ नेतृत्व र केन्द्रीय सदस्यहरुले खेल्ने भुमिका भन्ने विषयमै सबैभन्दा बढी केन्द्रिकृत हुनुहुन्छ । हामीले विभिन्न प्रकारका एजेण्डाहरु दिएका छौँ । पार्टीलाई जनसंघर्षका माध्यमबाट, आन्दोलनका माध्यमबाट जनताका जनजीविका, देशभक्तिका विषयहरु उठाएर जनतासँग जोडेर पार्टी निर्माण गर्ने प्रश्ताव अघि सारेका छौँ । जस्लाई हामीले संघर्षबाट पार्टी निर्माण गरिन्छ भन्न प्रस्तावका साथ अगाडि बढाएका छौँ । यसैगरी पार्टीका विभिन्न नियम, नियमावलीहरु, निर्देशिकाहरु, आचार संहिता प्रश्ताव गरेका छौँ । यी सबै विषयमा छलफल गरिसकेपछि आगामी कार्ययोजनाको रुपमा केही प्रश्तावहरु गर्नेछौँ, कार्ययोजना पारित गर्नेछौँ र बैठक समाप्त हुनेछ ।’

प्रवक्ता खतिवडाले निकै जटिल मोडबाट गुज्रिरहेको समसामयिक राजनीति चुनौतिको सामना गर्नसक्ने पार्टी एकीकृत समाजवादी नै भएको दाबी गरे। आफ्नो पार्टीसँग स्वच्छ नेतृत्व र विचारशील नेताहरुको पङ्ति रहेकाले राजनीतिमा देखिएको शुन्यतालाई चिर्नसक्ने जिकिर गरेका छन्।


प्रकाशित मिति: १० फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?