Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२७ माघ २०८२, मंगलवार
२७ माघ २०८२, मंगलवार

नेपालका अदालती प्रक्रियाहरु छिटै अनलाइन प्रणालीबाट टुंगिन्छन्ः न्यायाधीश फुयाल


काठमाडौँ। सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले नेपालका अदालती प्रक्रियाहरु पनि छिटै अनलाइन प्रणालीबाट टुंगो लगाउने बताएका छन् ।

नेपाल चाइना लिगल कोअप्रेशन फोरमले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले केही समय पहिला आफू चीन भ्रमणमा गएको र त्यसताका चिनियाँ सर्वोच्च अदालतसहित केही अदालतहरुको अवलोकन गर्ने क्रममा अदालतमा सबै प्रक्रियाहरु अनलाइन प्रणालीबाट सम्पन्न हुने गरेको पाएको बताए ।

उनले भारतमा पनि अदालतका कारबाहीहरु अनलाइनबाट हुने गरेको भन्दै नेपालमा पनि केही शुरु भएको तर पूर्ण रुपमा हुन नसकेको बताउंदै केही वर्षभित्रै नेपालमा पनि अनलाइनबाट अदालती कामकारबाही अगाडि बढ्ने दाबी गरेका छन् । उनले चीन र भारतबाट यसबारे अझ विस्तृत रुपमा अध्ययन गरेर नेपालमा अदालती प्रक्रियालाई अनलाइन प्रणालीबाट प्रभावकारी व्यवस्थापन गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘म चीन भ्रमणमा जाँदा त्यहाँका अदालतहरु अवलोकन गर्ने मौका पाएको थिएँ । जसमा अदालतमा मान्छेहरु थिएनन् । मोबाइलबाट क्लाइन्टहरुले सर्भिस दिँदा रहेछन् । सूचनाहरु लिँदा रहेछन् । सबै इन्टरनेट र अनलाइनबाट त्यहाँको अदालती कारबाही हुँदो रहेछ । मैले इन्टरमिडिएट कोर्टमा एउटा सेसन हेरेँ, जज अगाडि बस्नुभएको थियो । वकीलहरु कम्प्युटर अगाडि लिएर जजसँग सँगसँगै कम्प्युटरमा काम गरिरहनुभएको थियो । बहस भन्दा पनि टेक्निकल भेरिफिकेसन्स । मुद्दाको विषयवस्तुसँग भेरिफिकेसन खालको कुराहरु उहाँहरुको बीचमा हुने रहेछ । मैले त्यहाँको सर्वोच्च अदालतको सबै डेटा कन्ट्रोल रुम हेर्ने मौका प्राप्त गरेँ । सबै अनलाइन प्रणालीमा गइसकेको रहेछ । हाम्रो लागि यो निकै महत्वपूर्ण हो । हाम्रो छिमेकी देश भारत पनि लगभग त्यो ठाउँमा पुगिसकेको छ । हामी भर्खर भर्खर स्क्यानिङ गर्न थालेका छौँ । केही केही अनलाइन सिस्टमका फाइलहरु डकुमेण्टहरु गर्न थालेका छौँ । चीन र भारतले गरेको यो प्रगति केही वर्षभित्र हामी त्यो अवस्थामा पुग्नेछौँ ।’


प्रकाशित मिति: १० फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?