काठमाडौँ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय संघ संस्थाले नेपाली काँग्रेस र नेकपा एमालेलाई तोकेरै ठगहरु हुन् भनेर आरोप लगाएको बताएका छन। उनले अहिले देश ग्रे लिस्टमा पर्न लागेको र भ्रष्टाचारमा अग्रणी भएको बताए । सरकारलाई सिधै अन्तर्राष्ट्रिय संघ संस्थाले अपमानजनक ढंगले सरकार भ्रष्टाचारमा लिप्त भनेको पनि बताएका छन् ।
अध्यक्ष दाहालले भने, ‘अहिले फेरि नेपाल आर्थिक रुपले ग्रे लिस्टमा र भ्रष्टाचारमा अग्रणी भएको छ । सरकारलाई सिधै अन्तर्राष्ट्रिय संघ संस्थाले बढो अपमानजनक ढंगले सरकार भ्रष्टाचारमा लिप्त छ । ठगहरु हुन् यि पार्टीहरु भनेर काँग्रेस र एमालेलाई त ताकेर नै भनेको पनि तपाईं हामीले देखिरहेका छौँ ।’
अध्यक्ष दाहालले अब माओवादी केन्द्र संघ र प्रदेशमा प्रतिक्रियावादी र दलालहरुसँग मिलेर सरकार बनाउनेतिर नजाने दाबी गर्दै आफ्नो खुट्टामा उभिने बताएका छन् ।
प्रकाशित मिति: १० फाल्गुन २०८१, शनिबार