Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

संविधान असफल भए मुलुक गम्भिर संकटमा फस्छः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले संविधानको असफलताले मुलुकलाई गम्भिर संकटमा धकेल्ने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित सुदूरपश्चिम कानून समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले नेपालको संविधान विश्वकै उत्कृष्टमध्ये एक भएको दाबी गर्दै वर्तमान व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता भएको बताए । उनले २००४ सालदेखि ७० वर्षमा सातवटा संविधान निर्माण हुनु राजनीतिक अस्थिरताको भुमरिमा रहेको पुष्टि हुनेबताउदै उनले पटक पटक संविधान निर्माण गर्नु गलत भएकाले वर्तमान राज्य व्यवस्था र प्रणालीलाई बलियो बनाउनु पर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘हामीले संसारको राम्रो मध्येको एक संविधान बनाएका छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने उद्देश्यका साथ संविधान निर्माण भयो । यो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता हो । नेपाल संसारकै विरलै मध्येको त्यो देश हो जसले ७० वर्षमा सात वटा संविधान बनायो । नेपालको संवैधानिक व्यवस्थाको यात्रा २००४ सालदेखि भयो ०७२ सालमा हामीले सातौ संविधान बनायौँ । धेरै सडक, पुल, विद्यालय बनाउने कुरा असल हुन् तर धेरै संविधान बनाउने कुरा बेठिक हो । धेरै संविधान बनाउने भनेको यो ७० वर्षमा कति राज्य व्यवस्थाको अस्थिरता व्यहो¥यौँ मापन हो त्यो । त्यसैले यो संविधान असफल गर्ने छुट कसैलाई छैन । एउटा संविधानको असफलतापछि अर्को संविधानको निर्माणसम्ममा सामानयतया २० वर्ष लाग्ने रहेछ । २९४७ सालको संविधान २०५२ सालदेखि कमजोर हुन शुरु भयो । २० वर्षको समय भनेको राष्ट्रका लागि धेरै लामो र महत्वपूर्ण समय हो । यो संविधानको असफलता मुलुकलाई अर्को ठूलो गम्भीर संकटमा पु¥याउँछ ।’

गृहमन्त्री लेखकले कानूनको शासन लोकतन्त्रको आधारभुत आवश्यकता भएको बताउंदै कानूनी शासन स्थापना गर्नसके मात्रै लोकतन्त्र जीवित रहने बताए । शासन व्यक्तिले नभइ विधिले गर्छ भन्ने कुराको अग्रणी स्थानमा कानुन व्यवसायी रहेको उनको भनाइ छ ।

उनले भने, ‘कानूनको शासन भनेको लोकतन्त्रको पनि आधारभुत आवश्यकता हो । यदि कानूनको शासन छैन भने लोकतन्त्र पनि छैन । कानूनको शासन स्थापना गर्नसक्यो, लोकतन्त्र जीवित रहन्छ । त्यसकारण कानूनको शासन स्थापना गर्नेकुरा शासन व्यक्तिले होइन विधिले गर्छ भन्नेकुरा स्थापित गर्ने कुरा कानुनले साँचो अर्थमा शासन गर्ने भन्ने कुराको अग्रणी मोर्चामा तपाईहरु हुनुहुन्छ । विचारको निर्माण र प्रवाह गर्ने तथा विचारको बिस्तार गर्ने काममा तपाईंहरुको सबैभन्दा बढी महत्व छ । त्यो आफ्नो महत्वलाई तपाईहरुले पनि बुभ्mनु र क्रियाशील हुनु जरुरी छ । समाजमा त्यस अनुसारको सहभागिता हुनु पनि जरुरी छ ।’

गृहमन्त्री लेखकले लोकतन्त्र भनेको अनुशासनको पद्धति भएकाले त्यहाँ कानूनी शासन हुने बताए । उनले संवैधानिक व्यवस्थाअनुसार नै हरेक १० वर्षमा संविधानको पुनरावलोकन गरी दुर्वल पक्षको पहिचान र परिमार्जन गर्नुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: १० फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?