Trending
>>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

संविधान असफल भए मुलुक गम्भिर संकटमा फस्छः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले संविधानको असफलताले मुलुकलाई गम्भिर संकटमा धकेल्ने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित सुदूरपश्चिम कानून समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले नेपालको संविधान विश्वकै उत्कृष्टमध्ये एक भएको दाबी गर्दै वर्तमान व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता भएको बताए । उनले २००४ सालदेखि ७० वर्षमा सातवटा संविधान निर्माण हुनु राजनीतिक अस्थिरताको भुमरिमा रहेको पुष्टि हुनेबताउदै उनले पटक पटक संविधान निर्माण गर्नु गलत भएकाले वर्तमान राज्य व्यवस्था र प्रणालीलाई बलियो बनाउनु पर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘हामीले संसारको राम्रो मध्येको एक संविधान बनाएका छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने उद्देश्यका साथ संविधान निर्माण भयो । यो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता हो । नेपाल संसारकै विरलै मध्येको त्यो देश हो जसले ७० वर्षमा सात वटा संविधान बनायो । नेपालको संवैधानिक व्यवस्थाको यात्रा २००४ सालदेखि भयो ०७२ सालमा हामीले सातौ संविधान बनायौँ । धेरै सडक, पुल, विद्यालय बनाउने कुरा असल हुन् तर धेरै संविधान बनाउने कुरा बेठिक हो । धेरै संविधान बनाउने भनेको यो ७० वर्षमा कति राज्य व्यवस्थाको अस्थिरता व्यहो¥यौँ मापन हो त्यो । त्यसैले यो संविधान असफल गर्ने छुट कसैलाई छैन । एउटा संविधानको असफलतापछि अर्को संविधानको निर्माणसम्ममा सामानयतया २० वर्ष लाग्ने रहेछ । २९४७ सालको संविधान २०५२ सालदेखि कमजोर हुन शुरु भयो । २० वर्षको समय भनेको राष्ट्रका लागि धेरै लामो र महत्वपूर्ण समय हो । यो संविधानको असफलता मुलुकलाई अर्को ठूलो गम्भीर संकटमा पु¥याउँछ ।’

गृहमन्त्री लेखकले कानूनको शासन लोकतन्त्रको आधारभुत आवश्यकता भएको बताउंदै कानूनी शासन स्थापना गर्नसके मात्रै लोकतन्त्र जीवित रहने बताए । शासन व्यक्तिले नभइ विधिले गर्छ भन्ने कुराको अग्रणी स्थानमा कानुन व्यवसायी रहेको उनको भनाइ छ ।

उनले भने, ‘कानूनको शासन भनेको लोकतन्त्रको पनि आधारभुत आवश्यकता हो । यदि कानूनको शासन छैन भने लोकतन्त्र पनि छैन । कानूनको शासन स्थापना गर्नसक्यो, लोकतन्त्र जीवित रहन्छ । त्यसकारण कानूनको शासन स्थापना गर्नेकुरा शासन व्यक्तिले होइन विधिले गर्छ भन्नेकुरा स्थापित गर्ने कुरा कानुनले साँचो अर्थमा शासन गर्ने भन्ने कुराको अग्रणी मोर्चामा तपाईहरु हुनुहुन्छ । विचारको निर्माण र प्रवाह गर्ने तथा विचारको बिस्तार गर्ने काममा तपाईंहरुको सबैभन्दा बढी महत्व छ । त्यो आफ्नो महत्वलाई तपाईहरुले पनि बुभ्mनु र क्रियाशील हुनु जरुरी छ । समाजमा त्यस अनुसारको सहभागिता हुनु पनि जरुरी छ ।’

गृहमन्त्री लेखकले लोकतन्त्र भनेको अनुशासनको पद्धति भएकाले त्यहाँ कानूनी शासन हुने बताए । उनले संवैधानिक व्यवस्थाअनुसार नै हरेक १० वर्षमा संविधानको पुनरावलोकन गरी दुर्वल पक्षको पहिचान र परिमार्जन गर्नुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: १० फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?