Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

मरेको लामखुट्टे ल्याउनेलाई पुरस्कार !


फिलिपिन्स । मरेको लामखुट्टे ल्याउनेलाई नगद पुरस्कार घोषणा गरिएको छ। मनिला नजिकैको एउटा गाउँमा त्यहाँका अधिकारीहरूले लामखुट्टे संकलन गरेर ल्याउनेलाई नगद पुरस्कार दिने घोषणा गरेको हो।

बुधबार बिहानको समयमा धेरै मानिसहरू लामखुट्टे जम्मा गरिएको भाँडो लिएर लाइनमा बसेका थिए।उनीहरू आ-आफ्नो पालोमा त्यहाँका कर्मचारीलाई मरेको लामखुट्टे बुझाउँदै पैसा लिँदै गरिरहेका थिए भनेर बेलायतबाट प्रकाशन हुने अखबार द गार्डियनले समाचार लेखेको छ।

मारिएको लामखुट्टेबापत नगद पुरस्कार दिने कार्यक्रम गाउँकै अधिकारीहरूले चलाएका हुन्। फिलिपिन्समा डेंगी अत्यधिक फैलिएपछि नियन्त्रणका लागि आयोजकले यस्तो कार्यक्रम चलाएका हुन्।


प्रकाशित मिति: ९ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?