फिलिपिन्स । मरेको लामखुट्टे ल्याउनेलाई नगद पुरस्कार घोषणा गरिएको छ। मनिला नजिकैको एउटा गाउँमा त्यहाँका अधिकारीहरूले लामखुट्टे संकलन गरेर ल्याउनेलाई नगद पुरस्कार दिने घोषणा गरेको हो।
बुधबार बिहानको समयमा धेरै मानिसहरू लामखुट्टे जम्मा गरिएको भाँडो लिएर लाइनमा बसेका थिए।उनीहरू आ-आफ्नो पालोमा त्यहाँका कर्मचारीलाई मरेको लामखुट्टे बुझाउँदै पैसा लिँदै गरिरहेका थिए भनेर बेलायतबाट प्रकाशन हुने अखबार द गार्डियनले समाचार लेखेको छ।
मारिएको लामखुट्टेबापत नगद पुरस्कार दिने कार्यक्रम गाउँकै अधिकारीहरूले चलाएका हुन्। फिलिपिन्समा डेंगी अत्यधिक फैलिएपछि नियन्त्रणका लागि आयोजकले यस्तो कार्यक्रम चलाएका हुन्।
प्रकाशित मिति: ९ फाल्गुन २०८१, शुक्रबार