Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

रिंकु सदा हत्या प्रकरणमा अनुसन्धान गर्न गठित छानबिन समितिको अनुसन्धान प्रगति विवरण सार्वजनिक


काठमाडौँ। मधेस सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले सिरहाका रिंकु सदा हत्या प्रकरणमा अनुसन्धान गर्न गठित छानबिन समितिको अनुसन्धान प्रगति विवरण सार्वजनिक गरेको छ ।

गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले पत्रकार सम्मेलनमार्फत उक्त विवरण सार्वजनिक गरेका छन् । मन्त्री लेखीले सार्वजनिक गरेका विवरणअनुसार सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा पूरक जाहेरी परेको छ । यसअघि स्थानीय युवक रुपेश मण्डलविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिइएको थियो । हाल परिवारले थप व्यक्तिहरूलाई प्रतिवादी बनाउँदै बलात्कारको कसुरमा अनुसन्धान गर्नुपर्ने माग गर्दै पूरक जाहेरी दर्ता गराएको छ ।

प्रहरीका अनुसार जाहेरी दर्ता भइसकेको छ र अनुसन्धान प्रक्रिया जारी छ । रिंकुकुमारी ३० माघ राति ७ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।


प्रकाशित मिति: ९ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?