Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

लोकतन्त्रमा बोल्न पाइन्छ, पूर्वराजालाई बोलेकै आधारमा जेल हाल्न हुँदैनः जनार्दन शर्मा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले बोलेवापत लोकतन्त्रमा कसैलाई पनि जेल हाल्न नहुने बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाई बोलेकै आधारमा लोकतन्त्र मान्नेहरुले जेल हाल्न नहुने बताए । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष (पूर्व माओवादी उपाध्यक्ष) डा.बाबुराम भट्टराईले पूर्वराजालाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिइरहेको अवस्थामा शर्माले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

नेता शर्माले राजा फाल्नेहरु आफैं राजा बन्ने गल्ती भने गर्न नहुने बताए । ‘हिजो राजाको बारेमा हामीले बोल्यो भने हामीलाई लगेर जेलमा हालिन्थ्यो । हामी लोकतन्त्र मान्ने भएको हुनाले पूर्वराजा पनि बोल्न पाइन्छ’ उनले भने, ‘बोलेवापत जेल हाल्न हुँदैन । बोल्ने भन्दा अरु केही हो भने त्यो त भोलि थाहा होला । बोल्ने त अधिकार नै दिएका छ त संविधानले ।’


प्रकाशित मिति: ९ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?