Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

लोकतन्त्रमा बोल्न पाइन्छ, पूर्वराजालाई बोलेकै आधारमा जेल हाल्न हुँदैनः जनार्दन शर्मा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले बोलेवापत लोकतन्त्रमा कसैलाई पनि जेल हाल्न नहुने बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाई बोलेकै आधारमा लोकतन्त्र मान्नेहरुले जेल हाल्न नहुने बताए । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष (पूर्व माओवादी उपाध्यक्ष) डा.बाबुराम भट्टराईले पूर्वराजालाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिइरहेको अवस्थामा शर्माले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

नेता शर्माले राजा फाल्नेहरु आफैं राजा बन्ने गल्ती भने गर्न नहुने बताए । ‘हिजो राजाको बारेमा हामीले बोल्यो भने हामीलाई लगेर जेलमा हालिन्थ्यो । हामी लोकतन्त्र मान्ने भएको हुनाले पूर्वराजा पनि बोल्न पाइन्छ’ उनले भने, ‘बोलेवापत जेल हाल्न हुँदैन । बोल्ने भन्दा अरु केही हो भने त्यो त भोलि थाहा होला । बोल्ने त अधिकार नै दिएका छ त संविधानले ।’


प्रकाशित मिति: ९ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?