Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

महाशिवरात्री तयारीबारे बुझ्न पर्यटनमन्त्री पाण्डे पशुपतिमा


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पशुपतिनाथ मन्दिर परिसरको निरीक्षण गरेका छन् ।

महाशिवरात्रीको पूर्वसन्ध्यामा महाशिवरात्री तयारीको अवस्थाबारे जानकारी लिन पर्यटनमन्त्री पाण्डे शुक्रवार बिहान पशुपतिनाथको मन्दिर पुगेका हुन् । फागुन १४ गते महाशिवरात्री रहेको छ । महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा मेला लाग्ने गर्दछ । भक्तजनहरुको पशुपति दर्शनका लागि भीड हुने गर्दछ ।

सोही भीड व्यवस्थापनका लागि तयारी के कस्तो भइरहेको छ भन्नेबारेमा बुझ्न मन्त्री पाण्डे पशुपतिनाथ मन्दिर पुगेका हुन् । मन्दिर परसरमा अहिले रङरोदन गर्ने काम जारी छ ।


प्रकाशित मिति: ९ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?