Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

काँग्रेस र एमालेले मात्र संविधान संशोधन गर्दैनन्ः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री एवं नेपाली काँग्रेस सांसद रमेश लेखकले मुलकमा व्यवसायिक वातावरण निर्माण गर्दै सुशासन कायम गर्नको लागि सरकारले अध्यादेश ल्याएको दाबी गर्दै सबैसँग संवाद र सहकार्य गरेर संविधान संशोधन गरिने बताएका छन्।

उनले संविधान संशोधन नेपाली काँग्रेस र नेकपा एमालेले मात्र गर्ने नभई सबै राजनीतिक दलहरुबीच सहमति खोजिने बताउदै संविधानको १० वर्षे अभ्यासका क्रममा देखिएका सवल र दुर्लभ पक्षका आधारमा संविधान परिमार्जन गरिने र संविधान संशोधनका लागि कार्यदल गठन गर्न सत्तारुढ दलहरुबीच सहमति समेत भइसकेको बताए ।

गृहमन्त्री लेखकले भने, ‘संविधान लागू भएको १० वर्ष भएको छ । यस १० वर्षको संविधानको अभ्यासमा यसका सबल पक्ष र दुर्लभ पक्षहरु के के रहे ? त्यसको परिहचान गर्ने र संविधान परिमार्नन गर्ने र त्यसका लागि सबै राजनीतिक दलहरुबीच सहमति गरेर संविधान संशोधन गर्ने हाम्रो लक्ष्य छ । त्यसका लागि नेपाली काँग्रेस र एमालेले कार्यदल बनाउने कुरामा सहमति भएको छ । केही दिनमा कार्यदल बनेर कार्य प्रारम्भ हुन्छ । नेपाली काँग्रेस र एमालेलेमात्र संविधान संशोधन गर्ने होइन । हामी प्रारम्भ गर्छौं र सअन्य सबै राजनीतिक दलहरुलाई समेत यसमा संवादकोमार्फत सहमतिमा ल्याउँछौं । र सहकार्य गरेर संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउँछौं ।’

गृहमन्त्री लेखकले सरकारको स्थायित्व कायम गर्दै मुलुकमा सुशासन सुनिश्चित गर्नका लागि वर्तमान समिकरण र सरकार बनेको बताए ।


प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?