Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

काँग्रेस र एमालेले मात्र संविधान संशोधन गर्दैनन्ः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री एवं नेपाली काँग्रेस सांसद रमेश लेखकले मुलकमा व्यवसायिक वातावरण निर्माण गर्दै सुशासन कायम गर्नको लागि सरकारले अध्यादेश ल्याएको दाबी गर्दै सबैसँग संवाद र सहकार्य गरेर संविधान संशोधन गरिने बताएका छन्।

उनले संविधान संशोधन नेपाली काँग्रेस र नेकपा एमालेले मात्र गर्ने नभई सबै राजनीतिक दलहरुबीच सहमति खोजिने बताउदै संविधानको १० वर्षे अभ्यासका क्रममा देखिएका सवल र दुर्लभ पक्षका आधारमा संविधान परिमार्जन गरिने र संविधान संशोधनका लागि कार्यदल गठन गर्न सत्तारुढ दलहरुबीच सहमति समेत भइसकेको बताए ।

गृहमन्त्री लेखकले भने, ‘संविधान लागू भएको १० वर्ष भएको छ । यस १० वर्षको संविधानको अभ्यासमा यसका सबल पक्ष र दुर्लभ पक्षहरु के के रहे ? त्यसको परिहचान गर्ने र संविधान परिमार्नन गर्ने र त्यसका लागि सबै राजनीतिक दलहरुबीच सहमति गरेर संविधान संशोधन गर्ने हाम्रो लक्ष्य छ । त्यसका लागि नेपाली काँग्रेस र एमालेले कार्यदल बनाउने कुरामा सहमति भएको छ । केही दिनमा कार्यदल बनेर कार्य प्रारम्भ हुन्छ । नेपाली काँग्रेस र एमालेलेमात्र संविधान संशोधन गर्ने होइन । हामी प्रारम्भ गर्छौं र सअन्य सबै राजनीतिक दलहरुलाई समेत यसमा संवादकोमार्फत सहमतिमा ल्याउँछौं । र सहकार्य गरेर संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउँछौं ।’

गृहमन्त्री लेखकले सरकारको स्थायित्व कायम गर्दै मुलुकमा सुशासन सुनिश्चित गर्नका लागि वर्तमान समिकरण र सरकार बनेको बताए ।


प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?