Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

कार दुर्घटना भएको धोबीखोलामा रिफ्लेक्टर र डोरीको सहयोगमा अस्थायी समाधान


काठमाडौँ। सवारी साधनको सम्भावित दुर्घटना रोक्न अनामनगरस्थित धोबीखोलास्थित पुलछेउमा अस्थायी समाधान गरिएको छ ।

गत सोमवार कार दुर्घटना भएपछि सोही स्थानमा बिहीवार सिंहदरबार प्रहरी वृत्तले अस्थायी समाधान गरेको हो । सिंहदरबार प्रहरी वृत्तका प्रहरी वरिष्ठ उपरीक्षक गंगाप्रसाद पौडेलले दीर्घकालीन बार नबनेसम्मका लागि प्रहरीसँग भएको सामान्य स्रोतले रिफ्लेक्टर र डोरीको व्यवस्था गरेको बताउदै स्थायी समाधानका लागि बार निर्माणको प्रक्रियामा रहेको जानकारी दिएका छन् । उनले स्थानीयको सहयोग लिएर निर्माण गरिएको अस्थायी समाधानले तत्कालको सम्भावित दुर्घटना रोकिने बताए ।

उनले भने, ‘हालसालै पनि यहाँ एउटा कार दुर्घटना भयो तर मानवीय क्षति हुन पाएन । ठूलो दुर्घटनाबाट हामी जोगियौँ । तर सडकको पेटी हेर्दाखेरि चाहिँ ड्राइभरसँग पनि हामीले कुरा ग¥यौँ, ड्राइभर झुक्किएको भन्ने उहाँहरुले कुरा गर्नुभयो । पुल यहाँ छ पुलको ट्रनिङ त्यहीँ होला भनेर झुक्किएको भन्नुभयो । बारम्बार यस्ता घटना हुनसक्छन् भन्ने हिसाबमा हामीले समन्वय ग¥यौँ । यसको दीर्घकालीन बार लगाउने कुरा टेण्डरको प्रोसेसमा भएको र बन्नका लागि केही समय लाग्ने भएकाले तत्काल सम्भावित दुर्घटना रोक्नका लागि अहिले यो रिफ्लेक्टर र डोरी राखेपछि दीर्घकालीन बार नबनेसम्म यसले केही न केही त रोक्ला । हामीसँग भएको स्रोतबाट जुगाडवाला आइडिया गरेका छौँ । यहाँ हामीलाई स्थानीयहरुबाट पनि सहयोग र सकारात्मक फिडब्याक आएको छ, उहाँहरुलाई नै साथमा लिएर यो गरेको हो ।’

गत सोमवार उक्त स्थानबाट कार दुर्घटना भएको थियो । मानवीय क्षति नभएपनि व्यस्त सडकमा भौतिक संरचनाको अभावमा चालक झुक्किएर दुर्घटना हुनुलाई गम्भीर रुपमा लिइएको छ । भौतिक निर्माणमा लापरबाही भएको भन्दै यस्ता सानातिना विकास निर्माणका काममा गम्भीर बन्न सरकारलाई स्थानीयहरुले आग्रह गरेका छन् ।


प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?