Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कार दुर्घटना भएको धोबीखोलामा रिफ्लेक्टर र डोरीको सहयोगमा अस्थायी समाधान


काठमाडौँ। सवारी साधनको सम्भावित दुर्घटना रोक्न अनामनगरस्थित धोबीखोलास्थित पुलछेउमा अस्थायी समाधान गरिएको छ ।

गत सोमवार कार दुर्घटना भएपछि सोही स्थानमा बिहीवार सिंहदरबार प्रहरी वृत्तले अस्थायी समाधान गरेको हो । सिंहदरबार प्रहरी वृत्तका प्रहरी वरिष्ठ उपरीक्षक गंगाप्रसाद पौडेलले दीर्घकालीन बार नबनेसम्मका लागि प्रहरीसँग भएको सामान्य स्रोतले रिफ्लेक्टर र डोरीको व्यवस्था गरेको बताउदै स्थायी समाधानका लागि बार निर्माणको प्रक्रियामा रहेको जानकारी दिएका छन् । उनले स्थानीयको सहयोग लिएर निर्माण गरिएको अस्थायी समाधानले तत्कालको सम्भावित दुर्घटना रोकिने बताए ।

उनले भने, ‘हालसालै पनि यहाँ एउटा कार दुर्घटना भयो तर मानवीय क्षति हुन पाएन । ठूलो दुर्घटनाबाट हामी जोगियौँ । तर सडकको पेटी हेर्दाखेरि चाहिँ ड्राइभरसँग पनि हामीले कुरा ग¥यौँ, ड्राइभर झुक्किएको भन्ने उहाँहरुले कुरा गर्नुभयो । पुल यहाँ छ पुलको ट्रनिङ त्यहीँ होला भनेर झुक्किएको भन्नुभयो । बारम्बार यस्ता घटना हुनसक्छन् भन्ने हिसाबमा हामीले समन्वय ग¥यौँ । यसको दीर्घकालीन बार लगाउने कुरा टेण्डरको प्रोसेसमा भएको र बन्नका लागि केही समय लाग्ने भएकाले तत्काल सम्भावित दुर्घटना रोक्नका लागि अहिले यो रिफ्लेक्टर र डोरी राखेपछि दीर्घकालीन बार नबनेसम्म यसले केही न केही त रोक्ला । हामीसँग भएको स्रोतबाट जुगाडवाला आइडिया गरेका छौँ । यहाँ हामीलाई स्थानीयहरुबाट पनि सहयोग र सकारात्मक फिडब्याक आएको छ, उहाँहरुलाई नै साथमा लिएर यो गरेको हो ।’

गत सोमवार उक्त स्थानबाट कार दुर्घटना भएको थियो । मानवीय क्षति नभएपनि व्यस्त सडकमा भौतिक संरचनाको अभावमा चालक झुक्किएर दुर्घटना हुनुलाई गम्भीर रुपमा लिइएको छ । भौतिक निर्माणमा लापरबाही भएको भन्दै यस्ता सानातिना विकास निर्माणका काममा गम्भीर बन्न सरकारलाई स्थानीयहरुले आग्रह गरेका छन् ।


प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?