Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

स्रष्टाको सम्मानका लागि कार्यविधि बनाउँछौंः मन्त्री पाण्डे


काठमाडौं। फागुन ३ गते संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले स्रष्टाको सम्मानका लागि सरकारले कार्यविधि बनाएर अघि बढ्ने विश्वास व्यक्त गर्नु भएको छ।शनिबार संगीतकार स्वर्गीय गोपाल योञ्जनको पुस्तक “गोपाल योञ्जन“को विमोचन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएको हो।

मन्त्री पाण्डेले भन्नुभयो,गोपाल योञ्जनको सांगीतिक क्षेत्रको योगदान अतुलनीय छ। उहाँले रचना गरेका गीत,संगितहरू अझै पनि उत्तिकै लोकप्रिय छन् । राज्यले गर्नुपर्ने काम उहाँको परिवारले नै गर्नु भएको प्रति कृतज्ञता प्रकट गर्दछु ।उहाँले भन्नुभयो,संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल संगीत तथा नाट्यकला प्रतिष्ठान रहेको उल्लेख गदै स्रष्टाको सम्मानका लागि सरकारले कार्यविधि बनाएर अघि बढ्ने प्रतिवद्वता व्यक्त गर्न चाहान्छु।

१०८ लेखकले संयुक्तरूपमा लेख्नु भएको उक्त पुस्तक निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले गोपाल योञ्जनलाई जिवन्त राख्नका लागि तीनवटै तहका सरकारसँग समन्वयात्मक ढंगले अघि बढ्नेसमेत बताउनु भयो ।


प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?