Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

स्रष्टाको सम्मानका लागि कार्यविधि बनाउँछौंः मन्त्री पाण्डे


काठमाडौं। फागुन ३ गते संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले स्रष्टाको सम्मानका लागि सरकारले कार्यविधि बनाएर अघि बढ्ने विश्वास व्यक्त गर्नु भएको छ।शनिबार संगीतकार स्वर्गीय गोपाल योञ्जनको पुस्तक “गोपाल योञ्जन“को विमोचन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएको हो।

मन्त्री पाण्डेले भन्नुभयो,गोपाल योञ्जनको सांगीतिक क्षेत्रको योगदान अतुलनीय छ। उहाँले रचना गरेका गीत,संगितहरू अझै पनि उत्तिकै लोकप्रिय छन् । राज्यले गर्नुपर्ने काम उहाँको परिवारले नै गर्नु भएको प्रति कृतज्ञता प्रकट गर्दछु ।उहाँले भन्नुभयो,संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल संगीत तथा नाट्यकला प्रतिष्ठान रहेको उल्लेख गदै स्रष्टाको सम्मानका लागि सरकारले कार्यविधि बनाएर अघि बढ्ने प्रतिवद्वता व्यक्त गर्न चाहान्छु।

१०८ लेखकले संयुक्तरूपमा लेख्नु भएको उक्त पुस्तक निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले गोपाल योञ्जनलाई जिवन्त राख्नका लागि तीनवटै तहका सरकारसँग समन्वयात्मक ढंगले अघि बढ्नेसमेत बताउनु भयो ।


प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?