Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीहरूद्वारा ७ यात्रुको हत्या


एजेन्सी। पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा अज्ञात बन्दुकधारीहरूले कम्तिमा सात यात्रुको हत्या गरेको अधिकारीहरूले पुष्टि गरेका छन् ।

प्रान्तको बरखान जिल्लाको राजमार्गमा आक्रमण भएको थियो । जहाँ लगभग ११ जना सशस्त्र आक्रमणकारीहरूले यात्रु बस रोकेका थिए । यात्रुहरू प्रान्तीय राजधानी क्वेटाबाट पूर्वी पञ्जाव प्रान्तको फैसलाबाद जिल्ला जाँदै थिए । सुरक्षा बलहरू आइपुग्नु अघि आक्रमणकारीहरू घटनास्थलबाट भागेका थिए । बरखान पञ्जाव र बलुचिस्तान बीचको सीमावर्ती जिल्ला हो । जसले गर्दा यो दुई प्रान्तहरू बीचको यात्रुहरूको लागि प्रमुख ट्रान्जिट मार्ग बनेको छ ।

घटनापछि कानून प्रवर्तन एजेन्सीहरूले अपराधीहरूलाई पत्ता लगाउन क्षेत्रमा खोजी अभियान शुरु गरेको छ । अहिलेसम्म कुनैपनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।


प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?