Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीहरूद्वारा ७ यात्रुको हत्या


एजेन्सी। पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा अज्ञात बन्दुकधारीहरूले कम्तिमा सात यात्रुको हत्या गरेको अधिकारीहरूले पुष्टि गरेका छन् ।

प्रान्तको बरखान जिल्लाको राजमार्गमा आक्रमण भएको थियो । जहाँ लगभग ११ जना सशस्त्र आक्रमणकारीहरूले यात्रु बस रोकेका थिए । यात्रुहरू प्रान्तीय राजधानी क्वेटाबाट पूर्वी पञ्जाव प्रान्तको फैसलाबाद जिल्ला जाँदै थिए । सुरक्षा बलहरू आइपुग्नु अघि आक्रमणकारीहरू घटनास्थलबाट भागेका थिए । बरखान पञ्जाव र बलुचिस्तान बीचको सीमावर्ती जिल्ला हो । जसले गर्दा यो दुई प्रान्तहरू बीचको यात्रुहरूको लागि प्रमुख ट्रान्जिट मार्ग बनेको छ ।

घटनापछि कानून प्रवर्तन एजेन्सीहरूले अपराधीहरूलाई पत्ता लगाउन क्षेत्रमा खोजी अभियान शुरु गरेको छ । अहिलेसम्म कुनैपनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।


प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?