Trending
>>   पत्रकारहरुको कारण मिथ्या सूचना फैलिने डरले बोल्ने अवस्था रहेन : एमाले सांसद पन्त >>   कुलिङ पिरियडका पक्षमा अधिकांश सांसद एक, समय–सीमामा भने विमति >>   नैतिक पतन देखिने मुद्दामा दोषी देखिए पेन्सन दिनु हुँदैन भन्नेमा छौँः सभापति खतिवडा >>   आर्थिक शिथिलता पार लगाउन निजी क्षेत्रको मार्गचित्र मान्न सरकार तयार छः उद्योगमन्त्री >>   तेस्रो राष्ट्रिय रूपमा निर्धारित योगदान कार्ययोजना सबैको साझा बन्छः वनमन्त्री ठकुरी >>   शहरी क्षेत्रहरू विकास, नवप्रवर्तन र अवसरका इन्जिन हुन्ः परराष्ट्रमन्त्री राणा >>   बंगलादेशसँगको कबड्डी श्रृंखलामा नेपाली महिला टोलीको उत्कृष्ट प्रदर्शन >>   पानीजहाज तथा जल परिवहनसम्बन्धी ऐन निर्माणमा सत्तापक्षले अल्मल्याएको प्रतिपक्षीको आरोप >>   एनआरएनएको ‘एकता महाधिवेशन’ वैशाख २० देखि >>   सडक छाड्ने मुडमा छैनन् शिक्षक, प्रधानमन्त्री ओलीको आश्वासनप्रति अविश्वास
Logo
८ बैशाख २०८२, सोमबार
८ बैशाख २०८२, सोमबार

न देशमा चैन, न बिदेशमा बेचैनीबाट छुट्कारा ! नेपाली जाने कहाँ प्रधानमन्त्रीज्यू?


    • राजेन्द्र बानियाँ

सम्माननीय प्रधानमन्त्रीज्यू,
तपाईं सुन्नुहुन्न,तपाईलाई सुन्ने फुर्सद पनि छैन।यति ब्यस्त हुनुहुन्छ अन्तर्वार्ता दिन र अन्य सामाजिक सन्जालकर्मीहरुसङ्ग।अन्तर्वार्तामा पनि गज्जब प्रश्नको सामना गर्नुभएको छ- जेल जाँदा खुसी या दुख कस्तो लाग्यो?सायद तपाईं र तपाईजस्ता नेताले सुन्न र जवाफ दिन चाहेको प्रश्न यहि हो। हिम्मत छ भने हाम्रा र हामीजस्ता मान्छेको प्रश्नको जवाफ दिनुस् ।हुन त किसानको पीडासहितको बिचौलियाको बिल र ब्याबहारको विवरण पठाउँदा त तपाईं,तपाईको सचीवालय अनि सरकारले मज्जा मानेर बस्यो,अनि के आशा गर्नु?तर पनि तपाईं मैले र मजस्ता जनताले तिरेको करबाट तलब सुबिधा लिनुहुन्छ। यहाँसम्म कि तपाईं सुत्ने खाट र तपाईको औषधी पनि हाम्रो पैसाबाट आउने हो। तसर्थ,प्रश्नको जवाफ तपाइले दिनैपर्छ।

आज भारतमा हाम्री छोरी प्रकृति लम्सालमाथी जे भएको छ,त्यसपछिको घटना हाम्रा बालबालिकाले जे भोगिरहेका छन् ,यस बिसयमा तपाईको जवाफ चाहिएको छ।जतिबेला यो घटना सतहमा आयो- तपाईं त्यतिबेला लुम्बिनी प्रदेश सभामा बाकावीरको कथा भन्दै हुनुहुन्थ्यो( बाकावीर प्रती मेरो अगाध सम्मान छ)। दाङ्गमा गएर तपाईको महासचिवलाई हराउने दङ्गाली जनतालाई खिसिटिउरी गर्दै हुनुहुन्थ्यो प्रधानमन्त्री ज्यू।

खासमा एउटा बाउका रुपमा म चाहन्थेँ त्यतिबेला तपाइले प्रकृतिका बाबुआमा परिवारसङ्ग कुराकानी गर्नुपर्थ्यो। प्रकृतिका अभिभावक उनका आमाबाबु हुन् ,आमाबाबुका अभिभावक तपाईं । अनि आफै या परराष्ट्र मन्त्री मार्फत KIIT लाई भारतीय सरकार मार्फत हाम्रा छोराछोरीको सुरक्षाको ग्यारेन्टीका लागि भन्नुपर्थ्यो ।तर तपाईं र तपाईंको सरकार विमान दुर्घटना पछिको कार्यदल र आयोग जस्तो छ।

अनि तपाईले सुन्नुभो ,कलेजका पदाधिकारीले हाम्रा छोराछोरीलाई कसरी धम्काए?तपाईं भन्नुहोला- हामीले बिदेश पढ्न पठाको हो र? आफ्नै रहरले त गएका हुन्?तपाईं र तपाईजस्ता राजनीतिक दल र नेताकै कारण आज हाम्रा छोराछोरी हाम्रा काखमा छैनन् ।कलेजमा पठनपाठन होइन,गुन्डागर्दी गर्न कसले सिकायो?कलेजको बिद्ध्यार्थीको आवरणमा बर्दीको पुलिस कुट्न कसले उक्सायो?त्यस्ता पात्र र प्रवृतिको संरक्षण कसले गर्यो?अनि १२ कक्षा पास हैन पढ्न थाल्दा नै बालबालिका कुन देश जाने भनेर किन सोच्दैनन् ?

प्रधानमन्त्रीज्यू,यतिबेला म तपाईलाई आरोप लगाएर तपाईको ओठे जवाफको प्रतीक्षामा छैन। तपाईलाई जोश चल्यो भने ब्यक्तिगत तहमै जवाफ फर्काउनुहुन्छ।हिजो प्रभु साहले बिदेशी कामदारको प्रसङ्ग सोध्दा म म्यानपावरको एजेण्ट हो र भन्नुभो। आज मैले बिदेश जाने विद्यार्थीको सुरक्षाको कुरा गर्दा म शैक्षिक परामर्शदाता हो र भन्नुहोला?मलाई तपाईको बिरोधी,आलोचक जे भनेपनी हुन्छ तर मेरो बिन्ती छ प्रधानमन्त्रीज्यू,तपाई त्यस्तो पात्र हो जसले मोदीसङ्ग क्यानडाका टुडो झैँ कुरा गर्न सक्छ। तपाईको जन्म दिनमा मोदी केक काट्छन्, तपाई उनको जन्म दिनमा ताली बजाउनुहुन्छ अनि तपाईले नै दाबी गर्या हैन सी र मोदीको वार्ता गराउन सक्छु भनेर।

प्रधानमन्त्रीज्यू,नेपाल र नेपाली जनतामाथी कलेज पदाधिकारीले घोर बेइज्जत गरेका छन् । उनीहरु कलेजका ब्यबस्थापक होइनन् बाउन्सर हुन् या गुण्डा । एउटी प्रकृति हत्या या आत्महत्याबाट मरिन् । अरु भारतका विभिन्न कलेजमा पढेका या पढिरहेका प्रकृतिहरु जिउँदै बारम्बार मरिरहेका छन् । उनीहरुलाई भन्दिनुस न प्रधानमन्त्रीज्यू- तिमीहरु ढुक्कले पढ्नु म छु ।
प्रधानमन्त्रीज्यू,ती कलेज पदाधिकारीले बोलेका बिसय कुटनैतिक मर्यादाका बिसय हुन्। नेपाललाई आफ्नो प्रान्त ठान्ने या हिमालयसम्म आफ्नो सीमा मान्ने भारतीय मानसिकताको डिग्रीका सर्टिफिकेटधारी हुन् तिनीहरु। उनीहरुको सरकार मार्फत् भन्न जरुरी छ नेपाल गरिब छ तर तिम्रो कलेजमा नेपाली सित्ते पढेका होइनन् । आज नेपालका विभिन्न मेडिकल कलेजमा भारतीय बिद्द्यार्थी पढ्छन् । उनीहरुप्रती हाम्रो प्रेम र माया नेपाली छोराछोरी जस्तै छ,हुनुपर्छ। अझ मेडिकल काउन्सिल त रकम बढाउने लोभमा उनीहरुको संख्या थप्दै छ। यस्तो बेला हाम्रा छोराछोरीहरु भारत या बिकसित मुलुकमा हर दिन गरिब देशका नागरिक भएर हेपिनुपर्ने हो?तिम्रो देशको GDP भन्दा हाम्रो कलेजको बजेट धेरै छ भनेर के भन्न खोजेको भनेर सोध्ने कि नसोध्ने प्रधानमन्त्रीज्यू?

त्यस्ता पदाधिकारीलाई कार्बाही भएको र ढुक्कले पढ्न या देश बिदेश जान पाउने कि नपाउने?न देशमा चैन भयो न बिदेशमा बेचैनीबाट छुट्कारा?नेपाली जाने कहाँ होला?
मर्ने कसैलाई रहर हुँदैन
मान्छे नमर्ने शहर हुँदैन ।

#justice for prakriti.
प्रेषक,
प्रकृति लम्सालजस्तै छोरीको पिता
राजेन्द्र बानियाँ


प्रकाशित मिति: ७ फाल्गुन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?