Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

नेपाली पुरुष कबड्डी टोलीले बङ्गलादेशसँग अभ्यास खेल खेल्ने


काठमाडौँ। मिसन २०२६ को तयारीमा रहेको नेपालको पुरुष कबड्डी टोलीले बङ्लादेशमा घरेलु टोलीसँग पाँच खेलको अभ्यास खेल खेल्ने भएको छ ।

आगामी फागुन १० गतेदेखि १६ गतेसम्म बाङ्गलादेशको ढाकमा नेपालले पाँच खेलको अभ्यास खेल खेल्न लागेको हो । नेपालको पुरुष कबड्डी टोलीले सन् २०२६ मा हुने २० औं एशियन गेम्सको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुरु गरेको मिसन–२०२६ अन्तर्गत रहेर प्रशिक्षण गरिरहेको छ । सोही मिसन २०२६ अन्तर्गत पुरुष टोलीले बङ्लादेशसँग अभ्यास खेल खेल्न लागेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले मंगलवार आयोजित एक कार्यक्रमका बीच अभ्यास खेलमा जाने नेपाली राष्ट्रिय पुरुष कबड्डी टोलीलाई बिदाइ गरे ।

सो अवसरमा राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक विष्ट, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा र महासचिव अरविन्द झा लगायत थिए । घनश्याम रोकामगरको कप्तानीमा रहेको १४ सदस्यीय पुरुष टोलीले बङ्गलादेशसँग अभ्यास खेल खेल्नेछन् । अन्य खेलाडीमा सुशील चुनारा, प्रमोदकुमार श्रेष्ठ, अमितकुमार राजभार, मेघराज गिरी, नवीन लुहार, रविन कुँवर, सतिषकुमार कुर्मी, सुरोज बोहोरा, सोहिल इस्लाम, सविन बुहाजू, रामु टमटा, गणेश पार्की र भूवन बोहरा छन् । उनीहरूले लोकबहादुर विष्टले प्रशिक्षण गराउनेछन् ।

यो टोलीको म्यानेजरमा खेमराज चम्लगाईंका साथै संघका सदस्य निराजन श्रेष्ठ र नवराज श्रेष्ठ पनि बिहीवार बङ्लादेश जानेछन् । नेपालले पहिलो दुई खेल लगातार फागुन १० र ११ गते खेल्नेछ । त्यसपछि तेस्रो खेल फागुन १३ र चौथो खेल फागुुन १५ गते खेल्ने तालिका छ । निर्णायक तथा पाँचौं खेल भने फागुन १६ गते खेल्दै नेपालले बाङ्लादेशसँगको अभ्यास खेल पूरा गर्नेछ ।

उक्त बिदाइ कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङले मिसन–२०२६ को तयारीका लागि आफूभन्दा बलिया टोलीहरूसँग धेरैभन्दा धेरै अभ्यास खेल्न राख्न संघलाई अनुरोध गरेका छन् । सदस्यसचिव घिसिङले जसरी पनि २०२६ को एसियन गेम्स पदक ल्याउने यो अभ्यास खेल महत्वपूर्ण पाइला रहेको उनले बताएका छन् । नेपालको पुरुष कबड्डी टोलीले ल्याएको अन्तर्राष्ट्रिय सफलताका आधार मिसन २०२६ मा समावेश भएको बताए ।

राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक विष्टले एसियन गेम्समा महिला कबड्डी टोलीले पदक ल्याएपछि पुरुष टोलीलाई पनि आगामी संस्करणमा पदक जित्न चुनौती रहेको धारणा राखे ।


प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?