Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

नेपाली पुरुष कबड्डी टोलीले बङ्गलादेशसँग अभ्यास खेल खेल्ने


काठमाडौँ। मिसन २०२६ को तयारीमा रहेको नेपालको पुरुष कबड्डी टोलीले बङ्लादेशमा घरेलु टोलीसँग पाँच खेलको अभ्यास खेल खेल्ने भएको छ ।

आगामी फागुन १० गतेदेखि १६ गतेसम्म बाङ्गलादेशको ढाकमा नेपालले पाँच खेलको अभ्यास खेल खेल्न लागेको हो । नेपालको पुरुष कबड्डी टोलीले सन् २०२६ मा हुने २० औं एशियन गेम्सको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुरु गरेको मिसन–२०२६ अन्तर्गत रहेर प्रशिक्षण गरिरहेको छ । सोही मिसन २०२६ अन्तर्गत पुरुष टोलीले बङ्लादेशसँग अभ्यास खेल खेल्न लागेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले मंगलवार आयोजित एक कार्यक्रमका बीच अभ्यास खेलमा जाने नेपाली राष्ट्रिय पुरुष कबड्डी टोलीलाई बिदाइ गरे ।

सो अवसरमा राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक विष्ट, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा र महासचिव अरविन्द झा लगायत थिए । घनश्याम रोकामगरको कप्तानीमा रहेको १४ सदस्यीय पुरुष टोलीले बङ्गलादेशसँग अभ्यास खेल खेल्नेछन् । अन्य खेलाडीमा सुशील चुनारा, प्रमोदकुमार श्रेष्ठ, अमितकुमार राजभार, मेघराज गिरी, नवीन लुहार, रविन कुँवर, सतिषकुमार कुर्मी, सुरोज बोहोरा, सोहिल इस्लाम, सविन बुहाजू, रामु टमटा, गणेश पार्की र भूवन बोहरा छन् । उनीहरूले लोकबहादुर विष्टले प्रशिक्षण गराउनेछन् ।

यो टोलीको म्यानेजरमा खेमराज चम्लगाईंका साथै संघका सदस्य निराजन श्रेष्ठ र नवराज श्रेष्ठ पनि बिहीवार बङ्लादेश जानेछन् । नेपालले पहिलो दुई खेल लगातार फागुन १० र ११ गते खेल्नेछ । त्यसपछि तेस्रो खेल फागुन १३ र चौथो खेल फागुुन १५ गते खेल्ने तालिका छ । निर्णायक तथा पाँचौं खेल भने फागुन १६ गते खेल्दै नेपालले बाङ्लादेशसँगको अभ्यास खेल पूरा गर्नेछ ।

उक्त बिदाइ कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङले मिसन–२०२६ को तयारीका लागि आफूभन्दा बलिया टोलीहरूसँग धेरैभन्दा धेरै अभ्यास खेल्न राख्न संघलाई अनुरोध गरेका छन् । सदस्यसचिव घिसिङले जसरी पनि २०२६ को एसियन गेम्स पदक ल्याउने यो अभ्यास खेल महत्वपूर्ण पाइला रहेको उनले बताएका छन् । नेपालको पुरुष कबड्डी टोलीले ल्याएको अन्तर्राष्ट्रिय सफलताका आधार मिसन २०२६ मा समावेश भएको बताए ।

राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक विष्टले एसियन गेम्समा महिला कबड्डी टोलीले पदक ल्याएपछि पुरुष टोलीलाई पनि आगामी संस्करणमा पदक जित्न चुनौती रहेको धारणा राखे ।


प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?