Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

अध्यादेश फिर्ता हुनुपर्छ, विधेयकमार्फत प्रक्रिया अघि बढे गुण/दोष केलाउँछौँः नेकपा एकीकृत समाजवादी


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले सरकारले अध्यादेश फिर्ता लिएर विधेयक ल्याएको खण्डमा गुण, दोषको बारेमा छलफल गर्न सकिने बताएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यादेशबारे छलफल भएको हो । छलफलका क्रममा दुई पक्षबाट विश्लेषण गरिएको पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए । आफ्नो पार्टी सरकारले ल्याएको अध्यादेश प्रक्रियागत रुपमा त्रुटीपूर्ण रहेको र अध्यादेशको विपक्षमा उभिने बताउदै उनले सरकारले अध्यादेश फिर्ता लिएर विधेयकमार्फत प्रक्रिया अघि बढाएको खण्डमा राम्रा र नराम्रा गुण दोषको बारेमा छलफल गर्न सकिने उल्लेख गरेका छन् ।

पार्टीको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन छलफलका लागि सदस्यहरुलाई बाँडिएको र छलफल गरेर बुधवार बस्ने बैठकमा सदस्यहरुले धारणा राख्ने बताए । आगामी दिनमा पार्टीलाई जनतासँग जोडेर जनसंघर्षका माध्यमबाट पार्टी निर्माण गर्ने र त्यस विषयमा छलफल गर्न अध्ययन सामग्री स्थायी कमिटीका सदस्यहरुलाई प्रदान गरिएको बताउदै फागुन ८ र ९ गते बस्ने केन्द्रिय कमिटीको बैठकको कार्यसूचि तयार बनाउने बारेमा पनि छलफल भएको जानकारी दिएका छन् ।


प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?