Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

ओडिसा घटनामा छात्रावासबाट निकालिएका विद्यार्थीको पढाई र सुरक्षाको सुनिश्चितता भइसक्योः गृहमन्त्री


काठमाडौँ।  गृहमन्त्री रमेश लेखकले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिट्युट अफ टेक्नोलोजीमा भएको घटनामा छात्रावासबाट निकालिएका विद्यार्थीकोको पढाई र सुरक्षाको सुनिश्चितता भइसकेको दाबी गर्नुभएको छ ।प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली दुतावासले आग्रह गरेसँगै उक्त विश्वविद्यालयको छात्रावासले विद्यार्थीलाई फर्कन आग्रह गरेको उल्लेख गर्नुभयो । उहाँले नेपाली विद्यार्थीको सुरक्षाका लागि सरकार गम्भिर रहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली विद्यार्थीलाई त्यहाँ छात्रावासबाट बाहिर गर्ने काम भयो । त्यसपछि हाम्रो दिल्लीस्थित दुतावासले यसमा काम गरेको छ । दुतावासका पदाधिकारी भारत सरकार, उडिसाको प्रदेश सरकार र कलिङ्गा इन्स्टिट्युट अफ टेक्नोलोजी (केआइआईटी)का रजिष्टार लगायको निरन्तर सम्पर्कमा रहेको छ । र हाम्रो दुतावासले गरेको अनुरोधअनुसार छात्रावासबाट हटाइएका नेपाली विद्यार्थीलाई सुरक्षित छात्रावासमा फर्काउनका लागि दुतावासले आग्रह गरेको थियो । केही समय पहिला सम्बन्धीत शैक्षिक संस्थाले स्टेटमेण्ट नै जारी गरेर नेपाली विद्यार्थीलाई फर्कनका लागि आग्रह गरेको छ र उनीहरुको पढाई तथा सुरक्षाको समेत सुनिश्चितता गरेको छ । त्यो वक्तव्य हामीले प्राप्त गरेका छौं । हाम्रा विद्यार्थी सुरक्षित रहनेछन् यसबारे सरकार गम्भिर छ । प्रकृति लम्सालको मृत्यु घटनाको स्वतन्त्र छानविन गर्नको लागि भारतस्थित हाम्रो दुतावासले भारत सरकारका सबै निकायको गम्भिर ध्यानाकर्षण गरेको छ ।’उहाँले नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्महत्या घटनाको सत्यतथ्य छानविन गर्न समेत भारत सरकारलाई आग्रह गरेको बताउनु भयो ।


प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?