Trending
>>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

ओडिसा घटनामा छात्रावासबाट निकालिएका विद्यार्थीको पढाई र सुरक्षाको सुनिश्चितता भइसक्योः गृहमन्त्री


काठमाडौँ।  गृहमन्त्री रमेश लेखकले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिट्युट अफ टेक्नोलोजीमा भएको घटनामा छात्रावासबाट निकालिएका विद्यार्थीकोको पढाई र सुरक्षाको सुनिश्चितता भइसकेको दाबी गर्नुभएको छ ।प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली दुतावासले आग्रह गरेसँगै उक्त विश्वविद्यालयको छात्रावासले विद्यार्थीलाई फर्कन आग्रह गरेको उल्लेख गर्नुभयो । उहाँले नेपाली विद्यार्थीको सुरक्षाका लागि सरकार गम्भिर रहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली विद्यार्थीलाई त्यहाँ छात्रावासबाट बाहिर गर्ने काम भयो । त्यसपछि हाम्रो दिल्लीस्थित दुतावासले यसमा काम गरेको छ । दुतावासका पदाधिकारी भारत सरकार, उडिसाको प्रदेश सरकार र कलिङ्गा इन्स्टिट्युट अफ टेक्नोलोजी (केआइआईटी)का रजिष्टार लगायको निरन्तर सम्पर्कमा रहेको छ । र हाम्रो दुतावासले गरेको अनुरोधअनुसार छात्रावासबाट हटाइएका नेपाली विद्यार्थीलाई सुरक्षित छात्रावासमा फर्काउनका लागि दुतावासले आग्रह गरेको थियो । केही समय पहिला सम्बन्धीत शैक्षिक संस्थाले स्टेटमेण्ट नै जारी गरेर नेपाली विद्यार्थीलाई फर्कनका लागि आग्रह गरेको छ र उनीहरुको पढाई तथा सुरक्षाको समेत सुनिश्चितता गरेको छ । त्यो वक्तव्य हामीले प्राप्त गरेका छौं । हाम्रा विद्यार्थी सुरक्षित रहनेछन् यसबारे सरकार गम्भिर छ । प्रकृति लम्सालको मृत्यु घटनाको स्वतन्त्र छानविन गर्नको लागि भारतस्थित हाम्रो दुतावासले भारत सरकारका सबै निकायको गम्भिर ध्यानाकर्षण गरेको छ ।’उहाँले नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्महत्या घटनाको सत्यतथ्य छानविन गर्न समेत भारत सरकारलाई आग्रह गरेको बताउनु भयो ।


प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?