Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

प्रकृति लम्साल आत्महत्या प्रकरणः एक जना पक्राउ, थप अनुसन्धान जारी !


भारत । ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्यययनरत नेपाली विद्यार्थी मृत्यु भएको घटनामा सरकारले कुटनीतिक पहलबाट समस्या समाधान गर्ने प्रयास गरिरहेको बताएको छ । सोमवार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । उक्त विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो । उनको मृत्युलाई लिएर नेपाली विद्यार्थीले निष्पक्ष छानबिनको माग गर्दै बिरोध प्रदर्शन गरेका थिए । बिरोधपछि नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालिएको थियो । सोही घटनाक्रमलाई लिएर सरकारले बिहानैदेखि पहल गरिरहेको र विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासमा राखेर अध्ययन गराउने पहल भएको परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले बताउनु भयो । उहाँले सरकारको तर्फबाट मृतक लम्सालको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो ।

उक्त इन्स्टिच्युटमा विकसित घटनाक्रम र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालिएको जानकारी प्राप्त हुनासाथ भारतको नयाँ दिल्लीस्थित नेपाल्ी राजदुतावासले उक्त शैक्षिक संस्थाका रजिस्टार लगायत प्रतिनिधिहरुसँग छलफल गरी समस्या समाधानको पहल गरेको बताउनु भयो । नेपाली दुतावासले मित्रराष्ट्र भारतको केन्द्र सरकार एवं उडिसाका मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित निकायहरुसँग निरन्तर सम्पर्क र समन्वय गरेको र सम्बन्धित सबै निकायहरुको महत्वपूर्ण सहयोगमा उक्त समस्याको समाधान खोजिएको बताउनु भयो । शैक्षिक संस्थाले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासमा नै बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीका लागि कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी दिएको र मृतक प्रकृति लम्सालको आत्महत्या प्रकरणसँग जोडिएका एक जनालाई भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भारतको उडिसास्थित कालिंका इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थीको निधनको खबरले हामी दुखित भएका छौँ । मृतक प्रकृति लम्सालको आत्माको चीर शान्तिको कामना गर्दछौँ । शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौँ । उक्त इन्स्टिच्युटमा विकसित घटनाक्रम र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालिएको जानकारी प्राप्त हुनासाथ भारतको नयाँ दिल्लीस्थित नेपाल्ी राजदुतावासले उक्त शैक्षिक संस्थाका रजिस्टार लगायत प्रतिनिधिहरुसँग छलफल गरी समस्या समाधानको पहल गरेको थियो । साथै नेपाली दुतावासले मित्रराष्ट्र भारतको केन्द्र सरकार एवं उडिसाका मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित निकायहरुसँग निरन्तर सम्पर्क र समन्वय गरेको थियो । सम्बन्धित सबै निकायहरुको महत्वपूर्ण सहयोगमा उक्त समस्याको समाधान खोजिएको छ । उक्त शैक्षिक संस्थाले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासमा नै बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीका लागि कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी दिएको छ । साथै मृतक प्रकृति लम्सालको आत्महत्या प्रकरणसँग जोडिएका एक जनालाई भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ । यस विषयमा स्वतन्त्र र निष्पक्ष छानविन हुनेछ र दोषीहरुमाथि कारबाही हुनेछ । सो शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर कुटनीतिक पहल गरिरहेको छ र गर्नेछ । भोलि नेपाली राजदुतावास नयाँ दिल्लीबाट प्रतिनिधिहरु उडिसास्थित उक्त शैक्षिक संस्थामा गइ सम्बिन्धत सबै निकायहरुसँग थप समन्वय गर्नुहुनेछ ।’

उहाँले स्वतन्त्र र निष्पक्ष छानविन हुने र दोषीहरुमाथि कारबाही हुने विश्वास मन्त्रालयको रहेको पनि बताउनु भयो । शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर कुटनीतिक पहल गरिरहेको र मंगलवार नेपाली राजदुतावास नयाँ दिल्लीबाट प्रतिनिधिहरु उडिसास्थित उक्त शैक्षिक संस्थामा गइ सम्बिन्धत सबै निकायहरुसँग थप समन्वय गर्ने जानकारी दिनुभयो ।


प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?