Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

अमेरिकामा ट्रम्पकाे कदम विरूद्ध प्रदर्शन गर्दै गोविन्द केसी !


काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका कदमको विरोध गरेका छन्। केसीले ट्रम्प प्रशासनले लिएका कदमहरूको विरोधमा फागुन ६ गते नेपालस्थित अमेरिकी दूतावासनजिक प्रदर्शन गर्ने भएका छन्।

केसीले आइतबार बेलुका विज्ञप्ति जारी गर्दै अमेरिकी दूतावासनजिक शान्तिपूर्ण प्रदर्शनी र दूतावासमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाएका छन्। ‘संयुक्त राज्य अमेरिकाको डोनाल्ड ट्रम्पको प्रशासनले हालै लिएका कदमहरूले नेपाललगायत संसारका विभिन्न देश तथा त्यसका नागरिकहरूलाई जलवायु परिवर्तन, जन स्वास्थ्य, शिक्षा र जीविकोपार्जनजस्ता क्षेत्रमा नकारात्मक असर पारेको छ भने पश्चिम एसियाको गाजा पट्टीका प्यालेस्टाइनीहरूको जातीय सफाया गर्ने खालका प्रस्तावले त्यहाँको भू-राजनीति अस्थिर बनेको छ र अन्तर्राष्ट्रिय मानवीय कानुनको पनि खिल्ली उडाएको छ,’ केसीको विज्ञप्तिमा भनिएको छ।


प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?