Trending
>>   पत्रकारहरुको कारण मिथ्या सूचना फैलिने डरले बोल्ने अवस्था रहेन : एमाले सांसद पन्त >>   कुलिङ पिरियडका पक्षमा अधिकांश सांसद एक, समय–सीमामा भने विमति >>   नैतिक पतन देखिने मुद्दामा दोषी देखिए पेन्सन दिनु हुँदैन भन्नेमा छौँः सभापति खतिवडा >>   आर्थिक शिथिलता पार लगाउन निजी क्षेत्रको मार्गचित्र मान्न सरकार तयार छः उद्योगमन्त्री >>   तेस्रो राष्ट्रिय रूपमा निर्धारित योगदान कार्ययोजना सबैको साझा बन्छः वनमन्त्री ठकुरी >>   शहरी क्षेत्रहरू विकास, नवप्रवर्तन र अवसरका इन्जिन हुन्ः परराष्ट्रमन्त्री राणा >>   बंगलादेशसँगको कबड्डी श्रृंखलामा नेपाली महिला टोलीको उत्कृष्ट प्रदर्शन >>   पानीजहाज तथा जल परिवहनसम्बन्धी ऐन निर्माणमा सत्तापक्षले अल्मल्याएको प्रतिपक्षीको आरोप >>   एनआरएनएको ‘एकता महाधिवेशन’ वैशाख २० देखि >>   सडक छाड्ने मुडमा छैनन् शिक्षक, प्रधानमन्त्री ओलीको आश्वासनप्रति अविश्वास
Logo
८ बैशाख २०८२, सोमबार
८ बैशाख २०८२, सोमबार

महिला फुटबल च्याम्पियनसिपमा किर्गिस्तानसँग खेल्दै नेपाल, डिफेन्समा सुधार गरेका छौं:प्रशिक्षक तामाङ


काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले सोमवारदेखि शुरु हुने महिला फुटबल च्याम्पियनसिपका लागि आफ्नो टोली तयार रहेको बताएका छन् ।

चार देश (म्यानमार, लेबनान र किर्गिस्तान) सम्मिलित महिला च्याम्पियनसिप त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमवारदेखि शुरु हुँदैछ । नेपालले सोमवार किर्गिस्तानसँग खेल्दै शुरुवात गर्नेछ । उक्त खेलमा स्टार स्ट्राइकर साबित्रा भण्डारी भने नेपाली टोलीसँग उपलब्ध हुने छैनन् । उनी सोमवार नै फ्रान्सबाट स्वदेश फर्कने भएकाले आराम गर्ने प्रशिक्षक तामाङको भनाइ छ ।

आईतवार भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक तामाङले पहिलो खेलको प्रतिद्वन्द्वी किर्गिस्तान अहिले बलियो रहे पनि निश्चित योजना बनाएर उत्रने बताएका छन् ।
बलियो टोलीको रूपमा खेल्दै विपक्षीको काउन्टर अट्याकको रणनीतिलाई रोक्नुपर्ने प्रशिक्षकले उल्लेख गरेका छन् । किर्गिस्तानविरुद्धको पहिलो खेलमा जित निकाल्ने भए पनि सचेत रहेर खेल्ने प्रशिक्षक तामाङको भनाइ छ । उनले भर्खरै अधिकांश खेलाडी लिग खेलेर आएकाले इन्डुरेन्समा धेरै काम गर्नु नपरेको बताएका छन् । नेपालको मुख्य समस्या खराब डिफेन्सलाई सुधार गर्न काम भैरहेको उनले उल्लेख गरे । साथै प्रशिक्षकले टिममा राम्रो टिम लिडर हुनुपर्नेमा जोड दिँदै आएको पनि बताएका छन् । उनले सहभागी टोलीमध्ये लेबनान र म्यानमार पनि बलियो रहेको बताए ।

पछिल्लो भेटमा लेबनानसँग एउटा गल्तीले गोल बेहोरेको उल्लेख गर्दै प्रशिक्षकले यसपल्ट सुधार गर्ने आशा गरे । लेबनानसँग छिट्टै खेल रिड गर्नसक्ने क्षमता रहेकाले सचेत भएर खेल्ने प्रशिक्षक तामाङको योजना छ । तर उनीहरूमा इन्डुरेन्सको कमी रहेको त्यसको फाइदा लिने उनी बताउँछन् । उनले म्यानमार धेरै बलियो रहे पनि यसपल्ट आफ्नो टोली पनि राम्रो रहेकाले सकरात्मक नतिजा आउने बताएका छन् ।

नेपाली महिला टोलीका प्रशिक्षक एञ्जिला तुम्बाप्पो सुब्बाले सहभागी सबै टोली राम्रो रहे पनि मैदानमा राम्रो खेलेर आफूलाई प्रमाणित गर्ने बताइन् । राम्रो टिमवर्क र तयारी भएकोले जित्ने अपेक्षा रहेको कप्तान एञ्जिला बताउँछन् । उनले यसअघि हुँदै आएको गल्तीलाई सुधार गर्न काम भैरहेको पनि उल्लेख गरेकी छन् । प्रशिक्षकले भनेअनुरूप खेलाडीले तयारी गरिरहेकाले गल्ती नदोहोरिनेमा कप्तान तथा गोलकिपर एन्जिला आशावादी छिन् ।

एएफसी एसियन कप र फिफा महिला विश्वकपको तयारीस्वरूप एन्फाले यो च्याम्पियनसिप आयोजना गरेको हो । सोहीअनुरूप चार देशीय च्याम्पियनसिप खेल्न लागेको हो । म्यानमारबाहेक दुई टोली किर्गिस्तान र लेबनान नेपालभन्दा फिफा वरियतामा तलका टोली हुन् । नेपाली टोलीका प्रशिक्षक र कप्तान सबै टोली बलियो रहेको उल्लेख गर्छन् ।

किर्गिस्तानका प्रशिक्षक नेमातझन जाकिरोभले यो प्रतियोगिता खेल्न पाउँदा आफू उत्साहित रहेको उल्लेख गर्दै राम्रो फुटबल खेल्ने बताए । साथै उनले विपक्षलाई सम्मान गर्दै टिम युनिटीका साथ राम्रो फुटबल प्रश्तुत गर्ने उल्लेख गरेका छन् । प्रशिक्षकले नेपालको यु–१६ युथ लिगको फुटबल हेरेको उल्लेख गर्दै त्यो अनुभव पनि आफूहरूको लागि रमाइलो रहेको बताए । खेलमा राम्रो दर्शक आउने पनि उनले अपेक्षा गरेका छन् ।

किर्गिस्तानकी कप्तान अबिबुल्लाह किजी दिल्नुराले आफ्नो युवा टोली उपाधि जित्नको लागि आएको बताइन् । यदि उपाधि जित्न सफल भएन भने राम्रो अनुभवी लिँदै फर्कने पनि उनको भनाइ छ ।

लेबनानका प्रशिक्षक वाइल घार्जेडिन्नेले आफ्नो टोलीमा अधिकांश विदेशी भूमिमा खेल्ने खेलाडी र युवा रहेको उल्लेख गर्दै राम्रो फुटबल खेल्ने बताएका छन् । खेलाडीहरूबीच राम्रो तालमेलसहित खेल्ने उनको विश्वास छ । उनले नेपाली टोली बलियो रहेको उल्लेख गर्दै वाफमाभन्दा अहिले सुधारबारे थप जानकारी हुने बताए । घरेलु टोलीलाई केही दबाब हुने भए पनि आफूहरू बिना दबाब खेल्ने उनको विश्वास छ ।

लेबनानकी कप्तान नाथाली माटरले आफ्नो टोलीमा अधिकांश खेलाडी विदेशीमा खेल्ने भएकाले उनीहरूबीच राम्रो तालमेल मिलाउन यो प्रतियोगिता महत्वपूर्ण हुने अपेक्षा गरेकी छन् ।

म्यानमारका प्रशिक्षक टेटसुरो युकीले आफ्नो टोली पिफा ¥याङकिङमा माथि भए पनि विपक्षले पनि राम्रो तयारी गरेर आएकाले सजक भएर खेल्ने बताएका छन् । नेपाली टोली धेरै राम्रो रहेकाले उनीहरूविरुद्ध राम्रो खेल्ने पनि उनको योजना छ ।

म्यानमारकी कप्तान विन थिइङ्गी टुमले आफूहरूले अन्य मैत्रीपूर्ण नखेल्ने भएकाले यो प्रतियोगितामा राम्रो गर्ने अपेक्षा गरेकी छन् । गत कात्तिकमा महिला साफ च्याम्पियनसिपको फाइनलमा पराजित भएको तीन महिनापछि नै नेपाली टोली घरेलु मैदानमा नै यो प्रतियोगिता खेल्न लागेको हो । गत कात्तिक १४ गते दशरथ रंगशालामा महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बाङ्लादेशसँग ३–१ ले पराजित भएको थियो । यससँगै नेपाली महिला टोली १२औं वटा अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पराजित भएको थियो । यसपल्ट भने नेपाली टोलीले त्यो खराब लयलाई दोहो¥याउन चाहँदैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी एसियन कप र फिफा महिला विश्वकपको तयारीस्वरूप यो प्रतियोगिता खेलेको हो ।

प्रतियोगिताका लागि टिकट दर साधारण प्यारापिटतर्पm पाँच सय रूपैयाँ र भिआइपीतर्फ एक हजार रूपैयाँ तोकिएको छ । प्रतियोगिताका लागि दुई करोड ५० लाख ७६ हजार अनुमानित बजेट रहेको एन्फाको भनाइ छ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।


प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?