Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सरकारले ल्याएको अध्यादेशहरु छिटै पारित हुन्छनः गृहमन्त्री


काठमाडाैं । गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएको अध्यादेशहरु छिटै पारित हुने बताउनुभएको छ । फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकबाट अध्यादेशको प्रक्रिया अघि बढाइने बताउनुभएको हो । उहाँले सरकारले जारी गरेको अध्यादेहरु संघीय संसदको दुवै सदनका दर्ता भइसकेको र सत्तापक्षीय दलहरुबीच पारित गर्ने सहमति बनेको उल्लेख गर्नुभयो । उहाँले अब छिटै नै अध्यादेश पास हुने प्रक्रिया अघि बढ्ने र सत्तामा रहेका सबै राजनीतिक दलहरु सहमत रहेको बताउनु भयो । भूमिसम्बन्धी अध्यादेशमा प्रतिष्थापन गर्दा सबै राजनीतिक दलहरुबीच छलफल गरेर सबैका भावना समेटिने गरी अघि बढ्ने बताउनु भयो । सत्तारुढ दलहरुबीच सरकारले ल्याएको अध्यादेशहरु पारित गर्ने बारेमा शनिवार छलफल भएको हो । छलफल सकारात्मक रहेको र अध्यादेश छिटै स्वीकृत हुने बताउनु भयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘सरकारले जारी गरेको अध्यादेहरु संघीय संसदको दुवै सदनका दर्ता भएका छन् । ति अध्यादेशहरु संघीय संसदको दुवै सदनबाट स्वीकृत गराउनुपर्ने भएकाले त्यसै विषयमा केन्द्रित भएर छलफल भएको छ । अरु समसामयिक राजनीतिक विषयमा पनि छलफल भएका छन् । मुख्य रुपले अध्यादेश स्वीकृत गर्ने, अध्यादेशलाई अगाडि बढाउनेबारेमा छलफल भएको छ । छलफल सकारात्मक छ । सकारात्मक रुपले निस्कर्षमा पुगेको छ । अध्यादेश पास हुने प्रक्रिया अघि बढ्छ, सबै राजनीतिक दलहरु हामी सहमत भएका छौँ । यो प्रक्रिया चाँडै अघि बढ्छ । राष्ट्रिय सभामा पनि बहुमत पुग्नेगरी नै छलफल भएको छ । सबै अध्यादेशलाई प्रतिष्थापन गर्नैपर्छ । अहिले हाम्रा बीचमा जुन अध्यादेशमा सहमति भएको छ, ति अध्यादेशहरु अघि बढ्छन् । भूमिसम्बन्धी अध्यादेशमा प्रतिष्थापन गर्दा सबै आपसमा छलफल गरेर सबैका भावना समेटिने गरी अघि बढ्छौँ ।’

गृहमन्त्री लेखकले संविधान संशोधनको विषयमा छलफल अघि बढाउने गरी कार्यदल बनाउन सहमत भइसकेको बताउनु भयो । संविधान संशोधन सबै राजनीतिक दलहरुसँग संवाद, सहकार्य गरेर अघि बढ्ने बताउनु भयो ।


प्रकाशित मिति: ३ फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?