Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

सरकारले ल्याएको अध्यादेशहरु छिटै पारित हुन्छनः गृहमन्त्री


काठमाडाैं । गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएको अध्यादेशहरु छिटै पारित हुने बताउनुभएको छ । फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकबाट अध्यादेशको प्रक्रिया अघि बढाइने बताउनुभएको हो । उहाँले सरकारले जारी गरेको अध्यादेहरु संघीय संसदको दुवै सदनका दर्ता भइसकेको र सत्तापक्षीय दलहरुबीच पारित गर्ने सहमति बनेको उल्लेख गर्नुभयो । उहाँले अब छिटै नै अध्यादेश पास हुने प्रक्रिया अघि बढ्ने र सत्तामा रहेका सबै राजनीतिक दलहरु सहमत रहेको बताउनु भयो । भूमिसम्बन्धी अध्यादेशमा प्रतिष्थापन गर्दा सबै राजनीतिक दलहरुबीच छलफल गरेर सबैका भावना समेटिने गरी अघि बढ्ने बताउनु भयो । सत्तारुढ दलहरुबीच सरकारले ल्याएको अध्यादेशहरु पारित गर्ने बारेमा शनिवार छलफल भएको हो । छलफल सकारात्मक रहेको र अध्यादेश छिटै स्वीकृत हुने बताउनु भयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘सरकारले जारी गरेको अध्यादेहरु संघीय संसदको दुवै सदनका दर्ता भएका छन् । ति अध्यादेशहरु संघीय संसदको दुवै सदनबाट स्वीकृत गराउनुपर्ने भएकाले त्यसै विषयमा केन्द्रित भएर छलफल भएको छ । अरु समसामयिक राजनीतिक विषयमा पनि छलफल भएका छन् । मुख्य रुपले अध्यादेश स्वीकृत गर्ने, अध्यादेशलाई अगाडि बढाउनेबारेमा छलफल भएको छ । छलफल सकारात्मक छ । सकारात्मक रुपले निस्कर्षमा पुगेको छ । अध्यादेश पास हुने प्रक्रिया अघि बढ्छ, सबै राजनीतिक दलहरु हामी सहमत भएका छौँ । यो प्रक्रिया चाँडै अघि बढ्छ । राष्ट्रिय सभामा पनि बहुमत पुग्नेगरी नै छलफल भएको छ । सबै अध्यादेशलाई प्रतिष्थापन गर्नैपर्छ । अहिले हाम्रा बीचमा जुन अध्यादेशमा सहमति भएको छ, ति अध्यादेशहरु अघि बढ्छन् । भूमिसम्बन्धी अध्यादेशमा प्रतिष्थापन गर्दा सबै आपसमा छलफल गरेर सबैका भावना समेटिने गरी अघि बढ्छौँ ।’

गृहमन्त्री लेखकले संविधान संशोधनको विषयमा छलफल अघि बढाउने गरी कार्यदल बनाउन सहमत भइसकेको बताउनु भयो । संविधान संशोधन सबै राजनीतिक दलहरुसँग संवाद, सहकार्य गरेर अघि बढ्ने बताउनु भयो ।


प्रकाशित मिति: ३ फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?