Trending
>>   आज मिति २०८२ साल वैशाख १७ गते बुधबार ,हेर्नुहोस् आजको राशिफल >>   कांग्रेस महामन्त्री गगन थापासँग सर्वोच्चले माग्यो लिखित जवाफ >>   शंख किन बजाइन्छ? जान्नुहोस् धार्मिक र वैज्ञानिक कारणहरू >>   शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गर्न सरकार अनुदारः उपमहासचिव पुन >>   वक्यौता तिर्नेगरी बजेट विनियोजन नहुने हो भने बीमा कसरी चल्छ : प्रदीप पौडेल >>   प्रतिपक्षीले शिक्षकहरूसँग जारी वार्ता प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले संसदभित्र राजनीति गर्न खोज्योः एमाले >>   दोस्रो सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा >>   एनआरएनए फुटाउने खेलमा नलाग्न महाधिवेशन प्रतिनिधिहरुको चेतावनी >>   विभागहरूको सक्रियताले पार्टीलाई गतिशील र ऊर्जा थपेको छः सभापति देउवा >>   कीर्तिपुरको डाँडा बसेर महिनामा दुई–तीन लाख कमाइने कुरा गर्दा मजाक बनाईयो :गगन थापा
Logo
१७ बैशाख २०८२, बुधबार
१७ बैशाख २०८२, बुधबार

नेपाल आयल निगमको रूपन्देहीको प्रादेशिक इन्धन डिपोको डिपिआर अन्तिम चरणमा


काठमाडौँ। रूपन्देहीको रोहिणी खोला किनारमा निर्णाण गर्न लागिएको नेपाल आयल निगमको प्रादेशिक इन्धन डिपोको डिपिआर अन्तिम चरणमा पुगेको छ ।

हाल रूपन्देहीको भलवारीस्थित निगमको इन्धन डिपो स्थानान्तरण तथा क्षमता बिस्तार गर्ने योजनाअनुसार आयल निगमले रूपन्देहीको रोहिणी गाउपालिका र ओमसतिया गाउपालिकाको सीमा पर्ने रोहिणी खोला किनारमा आधुनिक किसिमको नयाँ इन्धन डिपो निर्माण गर्न लागेको हो । डिपो निर्माणका लागि पहिलो चरणमा खोला किनारमा तार जालीसहितको पर्खाल लगाउने र जग्गा सम्याउने काम सकिएको आयोजनाका इन्जिनियर अंकित रिमालले जानकारी दिएका छन् । आयोजनाको डिपिआर काठमाडौ विश्व विद्यालय अन्तर्गतको काठमाडौ युनिकन्सल्टले गरिरहेको इन्जिनियर रिमालले बताए। आठ महिना भित्रमा डिपिआर तयार गर्नेगरी काठमाडौ युनिकन्सल्टसँग सम्झौता भएको र डिपिआर तयार गर्ने कार्य अबको एक महिना भित्रै सकिने पनि उनले जानकारी दिए ।

रूपन्देहीको भलवारीमा रहेको डिपोको स्टोरेज क्षमता कम भएको र हाल घना बस्ती बिस्तार समेत भएकोले निगमले रोहिणीमा अत्याधुनिक सुविधासहितको धेरै क्षमताको नयाँ डिपो निर्माण गर्न लागेको हो । करिव ३ अर्ब लागतमा डिपो निर्माण गर्ने अनुमान गरिएको भएपनि डिपिआर तयार भइसकेपछि मात्रै कुल लागत र डिजाइन यकिन हुने आयोजनाले जनाएको छ ।


प्रकाशित मिति: ३ फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?