Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

पार्टी फुटाउने आवश्यकता र सौख छैन


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी ऐन बनाउन संसदमा विधेयक ल्याउने बताएका छन् ।

बुधवार नेपाल निजामती कर्मचारी संगठनको १२ औ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक दल सम्बन्धी कानूनको अभाव रहेको भन्दै अभाव परिपूर्ति गर्न विधेयक ल्याउन लागेको बताउदै कुनैपनि पार्टी फुटाउने उद्देश्यअनुसार विधेयक नल्याइने पनि स्पष्ट पारेका छन्।

उनले दुई तिहाईको सरकार भएको समयमा साना मसिना पार्टी फुटाउनुको तुक नरहेको बताउदै पार्टी फुटाउने आवश्यकता र सौख आफलाई नरहेको जिकिर गरेका छन् । प्रधानमन्त्री ओलीले विगतमा ४० प्रतिशत पार्टीको वा संसदको ४० प्रतिशत पुर्यायो भने पार्टी अलग हुन अध्यादेश आफूले ल्याउँदा पार्टी फुटाउन खोज्यो भनेर कराउनेहरु नेकपा एमाले फुटाउन २० वा २० भए हुन्छ भनेर अध्यादेश ल्याउन तयार भएको बताए । राजनीतिक दलसम्बन्धी ऐन बनाउन अध्यादेश नभइ विधेयक संसदमा ल्याउने र विधेयक पास गरेर ऐन स्थापित गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनेको संयुक्त सरकार बलियो सरकार भएको दाबी गर्दै देशका लागि काम गर्न अग्रसर रहेको बताउदै विदेशीको दाम लिएर नेपालमा अराजकता मच्चाउन खोज्ने, सामाजिक शान्ति सुव्यवस्था, बिगार्ने, देशको लोकतान्त्रिक प्रणालीलाई ध्वस्त पारेर अराजकता मच्चाउन खोजे भने आन्दोलनमा उत्रिनुपर्ने हुनसक्ने बताए ।


प्रकाशित मिति: ३० माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?