Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

पार्टी फुटाउने आवश्यकता र सौख छैन


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी ऐन बनाउन संसदमा विधेयक ल्याउने बताएका छन् ।

बुधवार नेपाल निजामती कर्मचारी संगठनको १२ औ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक दल सम्बन्धी कानूनको अभाव रहेको भन्दै अभाव परिपूर्ति गर्न विधेयक ल्याउन लागेको बताउदै कुनैपनि पार्टी फुटाउने उद्देश्यअनुसार विधेयक नल्याइने पनि स्पष्ट पारेका छन्।

उनले दुई तिहाईको सरकार भएको समयमा साना मसिना पार्टी फुटाउनुको तुक नरहेको बताउदै पार्टी फुटाउने आवश्यकता र सौख आफलाई नरहेको जिकिर गरेका छन् । प्रधानमन्त्री ओलीले विगतमा ४० प्रतिशत पार्टीको वा संसदको ४० प्रतिशत पुर्यायो भने पार्टी अलग हुन अध्यादेश आफूले ल्याउँदा पार्टी फुटाउन खोज्यो भनेर कराउनेहरु नेकपा एमाले फुटाउन २० वा २० भए हुन्छ भनेर अध्यादेश ल्याउन तयार भएको बताए । राजनीतिक दलसम्बन्धी ऐन बनाउन अध्यादेश नभइ विधेयक संसदमा ल्याउने र विधेयक पास गरेर ऐन स्थापित गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनेको संयुक्त सरकार बलियो सरकार भएको दाबी गर्दै देशका लागि काम गर्न अग्रसर रहेको बताउदै विदेशीको दाम लिएर नेपालमा अराजकता मच्चाउन खोज्ने, सामाजिक शान्ति सुव्यवस्था, बिगार्ने, देशको लोकतान्त्रिक प्रणालीलाई ध्वस्त पारेर अराजकता मच्चाउन खोजे भने आन्दोलनमा उत्रिनुपर्ने हुनसक्ने बताए ।


प्रकाशित मिति: ३० माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?