Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

प्रिय दिदि एलिना,अब तपाई मनबाट नै हाँसेको हेर्न मन छ !


  • रचना रिमाल

प्रिय दिदि एलिना ,
हाम्रो चिनजान त हामी साङ्गितिक क्षेत्रमा प्रवेश गरेपछि नै भएको हो। हामि थोरै समय मात्रै अघिपछि यो क्षेत्रमा आएका हौं। हामिले सुरुवाति चरणमै केहि साङ्गितिक कर्ममा सहकार्य गर्न पायौं। हाम्रो सहकार्य हुँदै गर्दा नै हामि दिदिबहिनी बिच एक अटुट सम्बन्ध बनिसकेको रहेछ। हुन त झट्ट हेर्दा अरुको नजरमा हामि बिच प्रतिस्पर्धा र इर्ष्याको भावना हुनुपर्ने जस्तो देखिन्छ तर हामि बिचमा खै के मिल्यो त्यो कहिल्यै मनमा भएन र छैन पनि। तथापि हाम्रो सम्बन्धमा फुट ल्याउन केहि सिमित व्यक्तिले नखोजेका भने होइनन । तर हामि निरन्तर हाम्रो आफ्नो कर्ममा लागि रहयौँ, एक अर्काको दु: ख सुख साटिरहयौँ। हामि घन्टौँ फोनमा र भिडियो कलमा हाँसेका छौँ ,रोएका छौँ। दिदिको विवाह हुने कुरा सुनेर ‘रचना जसरी नि आउनुपर्छ अरु थाहा छैन’ भनेर तपाईंले खबर गरे देखि म आफैमा एउटा छुट्टै खुशि थियो, उमङ्ग थियो । बिहेको दिनमा एउटै कुरा मनमा थियो ‘कतै दिदि अब नेपाल बाहिरै बस्ने त होइन ?’

बिहेघरबाट अन्माउँदै गर्दा खै किन हो म एकदम भावुक भएकी थिएँ, तपाईंलाई अङ्गालो हालेर बिदाइ गर्दा अनेकौँ कुरा मनमा खेल्दै थियो। विवाह पश्चात् तपाईं अस्ट्रेलिया गएपछि अब उतै नै बस्ने अरे भन्ने सुनेपछि ‘दिदि तपाईं नेपाल नै आउनु है , यहि मिलेर काम गर्नुपर्छ ‘ भनेर मैले धेरै पटक आग्रह गरेकी थिए। त्यसपछि तपाईं फर्कनुपनि भयो, सबै राम्रै भैरहेको थियो। तर पनि हामो कुराकानी हुँदा तपाईंको भित्री मनले भोगिरहेको पीडा थाहा पाउँदा कति समय म आफुलाई नै पीडा महसुस हुन्थ्यो । अन्ततः आज तपाईंले एकदम ठुलो आँट र मनले यो निर्णय लिनुभएको छ। दिदि अब तपाईंलाई मुखले मात्रै होइन मनबाट नै हाँसेको हेर्न पाउँछु भन्ने ठूलो आशा छ। अरु खुशि आउँदै, जाँदै गर्छन तर मनको खुशि आफैले स्थापित गर्ने हो। म तपाईंको शुभचिन्तक हिजो पनि थिए, आज पनि छु र भोलि पनि रहनेछु। आई लभ यु मेरी दिदि


प्रकाशित मिति: ३० माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?