Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

प्रिय दिदि एलिना,अब तपाई मनबाट नै हाँसेको हेर्न मन छ !


  • रचना रिमाल

प्रिय दिदि एलिना ,
हाम्रो चिनजान त हामी साङ्गितिक क्षेत्रमा प्रवेश गरेपछि नै भएको हो। हामि थोरै समय मात्रै अघिपछि यो क्षेत्रमा आएका हौं। हामिले सुरुवाति चरणमै केहि साङ्गितिक कर्ममा सहकार्य गर्न पायौं। हाम्रो सहकार्य हुँदै गर्दा नै हामि दिदिबहिनी बिच एक अटुट सम्बन्ध बनिसकेको रहेछ। हुन त झट्ट हेर्दा अरुको नजरमा हामि बिच प्रतिस्पर्धा र इर्ष्याको भावना हुनुपर्ने जस्तो देखिन्छ तर हामि बिचमा खै के मिल्यो त्यो कहिल्यै मनमा भएन र छैन पनि। तथापि हाम्रो सम्बन्धमा फुट ल्याउन केहि सिमित व्यक्तिले नखोजेका भने होइनन । तर हामि निरन्तर हाम्रो आफ्नो कर्ममा लागि रहयौँ, एक अर्काको दु: ख सुख साटिरहयौँ। हामि घन्टौँ फोनमा र भिडियो कलमा हाँसेका छौँ ,रोएका छौँ। दिदिको विवाह हुने कुरा सुनेर ‘रचना जसरी नि आउनुपर्छ अरु थाहा छैन’ भनेर तपाईंले खबर गरे देखि म आफैमा एउटा छुट्टै खुशि थियो, उमङ्ग थियो । बिहेको दिनमा एउटै कुरा मनमा थियो ‘कतै दिदि अब नेपाल बाहिरै बस्ने त होइन ?’

बिहेघरबाट अन्माउँदै गर्दा खै किन हो म एकदम भावुक भएकी थिएँ, तपाईंलाई अङ्गालो हालेर बिदाइ गर्दा अनेकौँ कुरा मनमा खेल्दै थियो। विवाह पश्चात् तपाईं अस्ट्रेलिया गएपछि अब उतै नै बस्ने अरे भन्ने सुनेपछि ‘दिदि तपाईं नेपाल नै आउनु है , यहि मिलेर काम गर्नुपर्छ ‘ भनेर मैले धेरै पटक आग्रह गरेकी थिए। त्यसपछि तपाईं फर्कनुपनि भयो, सबै राम्रै भैरहेको थियो। तर पनि हामो कुराकानी हुँदा तपाईंको भित्री मनले भोगिरहेको पीडा थाहा पाउँदा कति समय म आफुलाई नै पीडा महसुस हुन्थ्यो । अन्ततः आज तपाईंले एकदम ठुलो आँट र मनले यो निर्णय लिनुभएको छ। दिदि अब तपाईंलाई मुखले मात्रै होइन मनबाट नै हाँसेको हेर्न पाउँछु भन्ने ठूलो आशा छ। अरु खुशि आउँदै, जाँदै गर्छन तर मनको खुशि आफैले स्थापित गर्ने हो। म तपाईंको शुभचिन्तक हिजो पनि थिए, आज पनि छु र भोलि पनि रहनेछु। आई लभ यु मेरी दिदि


प्रकाशित मिति: ३० माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?