Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

एमालेलाई माओवादीको चेतावनी : वाम एकता भनेर जनता झुक्याउने खेलोफड्को नगरे हुन्छ !


काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री दिनानाथ शर्माले सरकारले ल्याएका अध्यादेश राष्ट्र र जनता दुवैको हितमा नभएको आरोप लगाएका छन् । उनले अहिले ल्याईएका अध्यादेशले केही वर्गको मात्रै हित हुने देखिएको आरोप लगाए ।

आज (मंगलबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अहिले ल्याईएका अध्यादेश केही स्वार्थ समूहको हितको लागि मात्रै भएको दाबी गरे । उनले आफ्नो दल अध्यादेशको पक्षमा नरहेको स्पष्ट पारे । तत्काल एमालेसँग सहकार्य वा मिल्ने सम्भावना नभएको शर्माको भनाई छ ।

उनले केपी शर्मा ओली एमालेको नेतृत्वमा रहेसम्म वाम एकताको सम्भावना नभएको कुरा आफ्नो पार्टीको अध्यक्ष प्रचण्डले स्पष्ट पारिसकेको पनि सुनाए । उनले भने,‘एमालेले वाम एकता भनेर जनता झुक्याउने खेलोफड्को नगरे हुन्छ ।’ वाम सहकार्य आवश्यकत्ता हो भने हिजो गरिएको एकता किन भाँडियो भनेर उनले प्रश्न गरे ।

उनले आफूहरु एमालेसँग धेरै पटक झुक्किएको भन्दै अब झुक्किने पक्षमा नरहेको जिकिर गरे । उनले प्रमुख प्रतिपक्षी दलको रुपमा आफूहरुले सक्रिय भूमिका खेलेको स्पष्ट पारे । उनले अध्यादेश पारित गर्नको लागि एमालेलाई कुनै सहयोग नरहने जवाफ दिए ।


प्रकाशित मिति: २९ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?