Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२१ पुष २०८२, सोमबार
२१ पुष २०८२, सोमबार

एमालेलाई माओवादीको चेतावनी : वाम एकता भनेर जनता झुक्याउने खेलोफड्को नगरे हुन्छ !


काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री दिनानाथ शर्माले सरकारले ल्याएका अध्यादेश राष्ट्र र जनता दुवैको हितमा नभएको आरोप लगाएका छन् । उनले अहिले ल्याईएका अध्यादेशले केही वर्गको मात्रै हित हुने देखिएको आरोप लगाए ।

आज (मंगलबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अहिले ल्याईएका अध्यादेश केही स्वार्थ समूहको हितको लागि मात्रै भएको दाबी गरे । उनले आफ्नो दल अध्यादेशको पक्षमा नरहेको स्पष्ट पारे । तत्काल एमालेसँग सहकार्य वा मिल्ने सम्भावना नभएको शर्माको भनाई छ ।

उनले केपी शर्मा ओली एमालेको नेतृत्वमा रहेसम्म वाम एकताको सम्भावना नभएको कुरा आफ्नो पार्टीको अध्यक्ष प्रचण्डले स्पष्ट पारिसकेको पनि सुनाए । उनले भने,‘एमालेले वाम एकता भनेर जनता झुक्याउने खेलोफड्को नगरे हुन्छ ।’ वाम सहकार्य आवश्यकत्ता हो भने हिजो गरिएको एकता किन भाँडियो भनेर उनले प्रश्न गरे ।

उनले आफूहरु एमालेसँग धेरै पटक झुक्किएको भन्दै अब झुक्किने पक्षमा नरहेको जिकिर गरे । उनले प्रमुख प्रतिपक्षी दलको रुपमा आफूहरुले सक्रिय भूमिका खेलेको स्पष्ट पारे । उनले अध्यादेश पारित गर्नको लागि एमालेलाई कुनै सहयोग नरहने जवाफ दिए ।


प्रकाशित मिति: २९ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?