Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२६ पुष २०८२, शनिबार
२६ पुष २०८२, शनिबार

अध्यादेशमा सहयोग गरिदिन माओवादी नेताहरुसँग एमालेको हारगुहार, प्रचण्डले फोन नै उठाएनन्


काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले ल्याएको अध्यादेशमा सहयोग गरिदिन भन्दै नेकपा (माओवादी केन्द्र) का नेताहरुलाई फोन गरेका छन् । मन्त्री अधिकारीले अध्यादेशमा सहयोग माग्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सचिव देवेन्द्र पौडेलदेखि रेखा शर्मासम्मलाई फोन गरेको बताए । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै मन्त्री अधिकारीले आफूले प्रयास गरेपनि प्रचण्डले भने फोन नउठाएको गुनासो गरे ।

‘यहि उहाँले जनताको हितमा, राष्ट्रको हितमा काम गर्ने र जनताको पक्षमा बोल्ने हो भने उहाँले यो अध्यादेशलाई समर्थन गरेर आउनुपर्छ । मैले त भनिसकेको पनि छु उहाँहरुको पार्टीका साथीहरुलाई । प्रचण्डजीले फोन उठाउनु भएन, उहाँको स्वकीयलाई पनि मैले गरेको थिएँ । देवेन्द्र पौडेल, रेखा शर्मासँग मैले कुरा गरेको छु,’– मन्त्री अधिकारीले भने ।

आफूले माओवादी नेताहरुसँग ‘तपाईँहरुको माग के हो ? आफू छदा एउटा कुरा, आफू हट्नेवित्तिकै अर्को कुरा गरेर हुन्छ ? यो तपाई हामी समस्या हल गर्ने हो भने यसलाई एक भएर जानुपर्छ ।’ भनी संवाद गरेको मन्त्री अधिकारीले सुनाए ।

यता एमाले महासचिव शंकर पोखरेलले माओवादी उपमहासचिव वर्षमान पुनलाई फोन गरेर अध्यादेशमा सहयोग गरिदिनसमेत भनेका थिए । यद्यपि पोखरेलले आफूले फोन गरेपनि अधदेशमा सहयोग भने नमागेको स्पष्टोक्ति दिएका छन् । मन्त्री अधिकारीले भने आफूले फोन गरेरै सहयोग मागेको खुलासा गरे ।

प्रतिनिधि सभामा वर्तमान सरकारको दुई तिहाइ बहुमत छ । तर, राष्ट्रिय सभामा जनता समाजवादी पार्टीले सत्तारुढ दलहरुलाई सहयोग नगर्ने भएपछि अध्यादेश अलपत्र परेको छ । अध्यादेश पारित हुन नसकेको खण्डमा सरकारमाथि नैतिक प्रश्न उठ्ने भएकाले एमालेको नेतृत्वले माओवादीलाई विश्वासमा लिन प्रयास गरिरहेको छ ।


प्रकाशित मिति: २९ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?