Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

अध्यादेशमा सहयोग गरिदिन माओवादी नेताहरुसँग एमालेको हारगुहार, प्रचण्डले फोन नै उठाएनन्


काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले ल्याएको अध्यादेशमा सहयोग गरिदिन भन्दै नेकपा (माओवादी केन्द्र) का नेताहरुलाई फोन गरेका छन् । मन्त्री अधिकारीले अध्यादेशमा सहयोग माग्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सचिव देवेन्द्र पौडेलदेखि रेखा शर्मासम्मलाई फोन गरेको बताए । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै मन्त्री अधिकारीले आफूले प्रयास गरेपनि प्रचण्डले भने फोन नउठाएको गुनासो गरे ।

‘यहि उहाँले जनताको हितमा, राष्ट्रको हितमा काम गर्ने र जनताको पक्षमा बोल्ने हो भने उहाँले यो अध्यादेशलाई समर्थन गरेर आउनुपर्छ । मैले त भनिसकेको पनि छु उहाँहरुको पार्टीका साथीहरुलाई । प्रचण्डजीले फोन उठाउनु भएन, उहाँको स्वकीयलाई पनि मैले गरेको थिएँ । देवेन्द्र पौडेल, रेखा शर्मासँग मैले कुरा गरेको छु,’– मन्त्री अधिकारीले भने ।

आफूले माओवादी नेताहरुसँग ‘तपाईँहरुको माग के हो ? आफू छदा एउटा कुरा, आफू हट्नेवित्तिकै अर्को कुरा गरेर हुन्छ ? यो तपाई हामी समस्या हल गर्ने हो भने यसलाई एक भएर जानुपर्छ ।’ भनी संवाद गरेको मन्त्री अधिकारीले सुनाए ।

यता एमाले महासचिव शंकर पोखरेलले माओवादी उपमहासचिव वर्षमान पुनलाई फोन गरेर अध्यादेशमा सहयोग गरिदिनसमेत भनेका थिए । यद्यपि पोखरेलले आफूले फोन गरेपनि अधदेशमा सहयोग भने नमागेको स्पष्टोक्ति दिएका छन् । मन्त्री अधिकारीले भने आफूले फोन गरेरै सहयोग मागेको खुलासा गरे ।

प्रतिनिधि सभामा वर्तमान सरकारको दुई तिहाइ बहुमत छ । तर, राष्ट्रिय सभामा जनता समाजवादी पार्टीले सत्तारुढ दलहरुलाई सहयोग नगर्ने भएपछि अध्यादेश अलपत्र परेको छ । अध्यादेश पारित हुन नसकेको खण्डमा सरकारमाथि नैतिक प्रश्न उठ्ने भएकाले एमालेको नेतृत्वले माओवादीलाई विश्वासमा लिन प्रयास गरिरहेको छ ।


प्रकाशित मिति: २९ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?