Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

बिहीबारदेखि पेसागत महासङ्घको महाधिवेशन


१८ चैत्र, काठमाडाैँ । पेसागत महासङ्घ नेपालको सातौँ महाधिवेशन बिहीबारदेखि हुने भएको छ । ‘स्वाधीन अर्थतन्त्र र समृद्ध जीवनका लागि गुणस्तरीय सेवा र जिम्मेवार ट्रेड युनियन’ नाराका साथ उक्त महाधिवेशन ललितपुरको जावलाखेलमा हुन लागेको हो ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त कार्यक्रममा प्रतिष्ठान, राष्ट्रिय सङ्घ, प्रदेश र जिल्लाबाट गरी करिब नौ सय प्रतिनिधि सहभागी हुने महासङ्घका राष्ट्रिय समिति संयोजक बाबुराम थापाले जानकारी दिए । महाधिवेशनले पेसाकर्मीका समस्या समाधानका उपाय, प्रतिष्ठानको व्यवस्थापन, नेपालको कमजोर अर्थतन्त्रले पेसाकर्मीलाई पारेको प्रभावलगायत विषयमा समीक्षा गरी आगामी कार्यक्रम, कार्यदिशा, नीतिनिर्माणसहित नयाँ नेतृत्व चयन गर्ने छ ।

नेपालका समाजवादी विचारसँग आबद्ध पेसाकर्मीको सङ्गठन महासङ्घमा २६ राष्ट्रिय घटक, ५२ प्रतिष्ठान, आठ प्रदेश कमिटी, ७७ जिल्ला कमिटी र सात सय ५३ पालिकास्तरीय कमिटी रहेका छन् । मुलुकभरी यसमा आवद्ध करिब छ लाख सदस्य छन् । विसं २०७७ माघ २४ गते देशभरका करिब एक हजार आठ सय प्रतिनिधिको उपस्थितिमा तीन सय ११ सदस्यीय सातौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गरिएको थियो । महासङ्घको स्थापना २०५२ चैत ६ गते भएको थियो ।


प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?