Trending
>>   खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेको छः पूर्वराष्ट्रपति भण्डारी >>   संविधान संशोधन प्रक्रियामा सरकारले ‘सिन्को’ समेत भाँचेन, हामीले गाली खाइराख्नुपरेको छः महामन्त्री थापा >>   कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट विधेयक बहुमतले पारित, के छ नयाँ व्यवस्था ? >>   प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्रीको निर्देशन >>   भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष >>   न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस् >>   शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे >>   चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर सम्पन्नः भावुक बने कलाकार >>   सरकारले संविधानको अपमान गरिरहेको छ : रास्वपा >>   घट्यो वैदेशिक सहायता : अघिल्लो आवको तुलनामा ०.४९ प्रतिशत कमि
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

बिहीबारदेखि पेसागत महासङ्घको महाधिवेशन


१८ चैत्र, काठमाडाैँ । पेसागत महासङ्घ नेपालको सातौँ महाधिवेशन बिहीबारदेखि हुने भएको छ । ‘स्वाधीन अर्थतन्त्र र समृद्ध जीवनका लागि गुणस्तरीय सेवा र जिम्मेवार ट्रेड युनियन’ नाराका साथ उक्त महाधिवेशन ललितपुरको जावलाखेलमा हुन लागेको हो ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त कार्यक्रममा प्रतिष्ठान, राष्ट्रिय सङ्घ, प्रदेश र जिल्लाबाट गरी करिब नौ सय प्रतिनिधि सहभागी हुने महासङ्घका राष्ट्रिय समिति संयोजक बाबुराम थापाले जानकारी दिए । महाधिवेशनले पेसाकर्मीका समस्या समाधानका उपाय, प्रतिष्ठानको व्यवस्थापन, नेपालको कमजोर अर्थतन्त्रले पेसाकर्मीलाई पारेको प्रभावलगायत विषयमा समीक्षा गरी आगामी कार्यक्रम, कार्यदिशा, नीतिनिर्माणसहित नयाँ नेतृत्व चयन गर्ने छ ।

नेपालका समाजवादी विचारसँग आबद्ध पेसाकर्मीको सङ्गठन महासङ्घमा २६ राष्ट्रिय घटक, ५२ प्रतिष्ठान, आठ प्रदेश कमिटी, ७७ जिल्ला कमिटी र सात सय ५३ पालिकास्तरीय कमिटी रहेका छन् । मुलुकभरी यसमा आवद्ध करिब छ लाख सदस्य छन् । विसं २०७७ माघ २४ गते देशभरका करिब एक हजार आठ सय प्रतिनिधिको उपस्थितिमा तीन सय ११ सदस्यीय सातौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गरिएको थियो । महासङ्घको स्थापना २०५२ चैत ६ गते भएको थियो ।


प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?