काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रमुख दलका प्रमुख सचेतकहरू र मुख्य सचेतकको बैठक आज दिउँसो तीन बजे सिंहदरबारमा बोलाएका छन् ।
बिहीबार संसद बैठक बस्ने भएकोले त्यसअघि दलका प्रमुख सचेतकहरुसँग सरकारले ल्याएका अध्यादेशलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
प्रकाशित मिति: २३ माघ २०८१, बुधबार