Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कांग्रेसमा गगन गुटः विश्वप्रकाश शर्माकै जोडबलमा नयाँ गुटको शुभारम्भ !


काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नै गुट खडा गरेका छन् । १५औं महाधिवेशनलक्षित थापाले नयाँ गुट खडा गरेका हुन् । उनलाई अहिलेका अर्का महामन्त्री विश्वप्रकाश शर्माको दरिलो साथ रहेको छ । शर्माकै जोडबलमा थापाले पार्टीभित्र नयाँ गुटको शुभारम्भ गरेका हुन् ।

अहिलेसम्म विभिन्न गुटबाट प्रतिष्पर्धा गर्दै आएका थापाले पछिल्लो समय शेखर कोइराला समूहबाट महामन्त्रीमा बाजी मारेका हुन् । अहिले शेखरसँग उनको सम्बन्ध नराम्रोसँग चिसिएको छ । शेखर १४औं महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएका थिए ।

शेखरले १५औं महाधिवेशनमा पनि सभापतिको उम्मेद्वार बन्ने सार्वजनिक रुपमै घोषणा गरेका हुन् । त्यहीअनुसार उनले आफ्नो तयारी गरेका छन् । कतिपयले अहिले गगन सभापति शेरबहादुर देउवासँग सुलह गरेको आरोप लगाउन थालेका छन् । तर, थापा भने शेखर र शेरबहादुर दुवैसँग टाढा छन् ।

उनले १५औं महाधिवेशनमा आफ्नै समूह खडा गर्ने निश्चित् भएको उनीनिकट उच्च स्रोतको दाबी छ । थापाले युवाहरुको नेतृत्वमा उपस्थिति हुने भन्दै त्यहीअनुसारको गतिविधि बढाएका छन् । गगनले आसन्न महाधिवेशन ०८४ को आम निर्वाचनभन्दा अघि नै हुनुपर्ने कुरा सार्वजनिक रुपमै स्पष्ट गरिसकेका छन् । महाधिवेशनको पूर्वनिर्धारित क्यालेण्डर प्रभावित हुन नदिने थापाको जोड छ ।


प्रकाशित मिति: २० माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?