Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१९ पुष २०८२, शनिबार
१९ पुष २०८२, शनिबार

कांग्रेसमा गगन गुटः विश्वप्रकाश शर्माकै जोडबलमा नयाँ गुटको शुभारम्भ !


काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नै गुट खडा गरेका छन् । १५औं महाधिवेशनलक्षित थापाले नयाँ गुट खडा गरेका हुन् । उनलाई अहिलेका अर्का महामन्त्री विश्वप्रकाश शर्माको दरिलो साथ रहेको छ । शर्माकै जोडबलमा थापाले पार्टीभित्र नयाँ गुटको शुभारम्भ गरेका हुन् ।

अहिलेसम्म विभिन्न गुटबाट प्रतिष्पर्धा गर्दै आएका थापाले पछिल्लो समय शेखर कोइराला समूहबाट महामन्त्रीमा बाजी मारेका हुन् । अहिले शेखरसँग उनको सम्बन्ध नराम्रोसँग चिसिएको छ । शेखर १४औं महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएका थिए ।

शेखरले १५औं महाधिवेशनमा पनि सभापतिको उम्मेद्वार बन्ने सार्वजनिक रुपमै घोषणा गरेका हुन् । त्यहीअनुसार उनले आफ्नो तयारी गरेका छन् । कतिपयले अहिले गगन सभापति शेरबहादुर देउवासँग सुलह गरेको आरोप लगाउन थालेका छन् । तर, थापा भने शेखर र शेरबहादुर दुवैसँग टाढा छन् ।

उनले १५औं महाधिवेशनमा आफ्नै समूह खडा गर्ने निश्चित् भएको उनीनिकट उच्च स्रोतको दाबी छ । थापाले युवाहरुको नेतृत्वमा उपस्थिति हुने भन्दै त्यहीअनुसारको गतिविधि बढाएका छन् । गगनले आसन्न महाधिवेशन ०८४ को आम निर्वाचनभन्दा अघि नै हुनुपर्ने कुरा सार्वजनिक रुपमै स्पष्ट गरिसकेका छन् । महाधिवेशनको पूर्वनिर्धारित क्यालेण्डर प्रभावित हुन नदिने थापाको जोड छ ।


प्रकाशित मिति: २० माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?