Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

नेपाल र नेपाली जनतालाई कुनै दुःख नहुने गरी काम गरिरहेको छौं : प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनको सन्दर्भमा आइपरेका समस्या समाधानका लागि संविधान संशोधन हुने बताएका छन् ।

बुधवार सिंहदरबारस्थित शहीदहरुको शालिकमा माल्यार्पण गर्दै उनले संविधान कार्यान्वयनमा आएका जटिलतालाई फुकाउन संविधान संशोधन हुने बताएका हुन् । उनले अब लोकतान्त्रिक प्रणालीमा देश आइसकेको भन्दै नेपाललाई शान्तिपूर्ण,सुशासनयुक्त, भ्रष्टाचारमुक्त नेपाल, समृद्धितर्फ अघि बढेको, विकासको बाटोमा अघि बढेर समृद्धि हाँसिल गर्न संकल्पित रहेको नेपाल र सुखी नेपालीहरु भएको नेपालको गन्तव्यतर्फ लैजान सरकारले काम गरिरहेको बताए ।

देशमा कानूनी राज्य स्थापनाका लागि सरकारले काम गरिरहेको बताउंदै प्रधानमन्त्री ओलीले लोकतन्त्रका नाममा अराजकता फैल्याउने, जनतालाई विभाजित गर्ने, साम्प्रदायिक विद्ेवेष फैल्याउने, देशलाई एकतावद्ध हुन नदिने कुराहरु स्वीकार्य नभएको बताए । उनले विकास, शान्ति सुव्यवस्था, राष्ट्रिय एकतावद्ध राष्ट्र निर्माण गर्ने अभियानमा लाग्ने कुरामा अहिलेको सरकारले काम गरिरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘अब हामी लोकतान्त्रिक प्रणालीमा आइसकेका छौँ । नेपाललाई शान्तिपूर्ण नेपाल, सुशासनयुक्त, भ्रष्टाचारमुक्त नेपाल, समृद्धितर्फ अघि बढेको, विकासको बाटोमा अघि बढेर समृद्धि हाँसिल गर्न संकल्पित रहेको नेपाल र सुखी नेपालीहरु भएको नेपालको गन्तव्यतर्फ हामी अघि बढिरहेका छौँ । लोकतान्त्रिक प्रणालीको रक्षाको लागि, लोकतान्त्रिक प्रणालीलाई लोकतान्त्रिक प्रक्रिया अन्तर्गत सञ्चालन गर्नका लागि, यसलाई संवैधानिक र कानूनी राजको हिसावले लिएर जानका लागि, कानूनलाई न्यायोचित कानूनका रुपमा निर्माण गर्नका लागि, संशोधन गर्नका लागि र संविधानमा कतिपय कमीहरु रहेका छन् भने वा संविधान कार्यान्वयनको सन्दर्भमा कतिपय ठाउँमा यदी परिवर्तन गर्न आवश्यक देखियो भने त्यसलाई यथोचित ढंगले संवादबाट सबैलाई सहभागी गराउने प्रयासका साथ संशोधन गर्ने कुरामा पनि अहिलेको सरकार प्रतिवद्ध छ । यो लोकतान्त्रिक सरकार हो, यसका आचरण लोकतान्त्रिक हुनेछन् ।’

प्रधानमन्त्री ओलीले नेपाल र नेपाली जनतालाई कुनै दुःख नहुने गरी काम गरिरहेको बताउंदै लोकतन्त्र एनार्किजम नभएको भन्दै लोकतन्त्र विकसित, व्यवस्थित, सभ्य र सुशासनयुक्त प्रणाली भएको बताए।


प्रकाशित मिति: १६ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?