Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२६ पुष २०८२, शनिबार
२६ पुष २०८२, शनिबार

नेपाल र नेपाली जनतालाई कुनै दुःख नहुने गरी काम गरिरहेको छौं : प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनको सन्दर्भमा आइपरेका समस्या समाधानका लागि संविधान संशोधन हुने बताएका छन् ।

बुधवार सिंहदरबारस्थित शहीदहरुको शालिकमा माल्यार्पण गर्दै उनले संविधान कार्यान्वयनमा आएका जटिलतालाई फुकाउन संविधान संशोधन हुने बताएका हुन् । उनले अब लोकतान्त्रिक प्रणालीमा देश आइसकेको भन्दै नेपाललाई शान्तिपूर्ण,सुशासनयुक्त, भ्रष्टाचारमुक्त नेपाल, समृद्धितर्फ अघि बढेको, विकासको बाटोमा अघि बढेर समृद्धि हाँसिल गर्न संकल्पित रहेको नेपाल र सुखी नेपालीहरु भएको नेपालको गन्तव्यतर्फ लैजान सरकारले काम गरिरहेको बताए ।

देशमा कानूनी राज्य स्थापनाका लागि सरकारले काम गरिरहेको बताउंदै प्रधानमन्त्री ओलीले लोकतन्त्रका नाममा अराजकता फैल्याउने, जनतालाई विभाजित गर्ने, साम्प्रदायिक विद्ेवेष फैल्याउने, देशलाई एकतावद्ध हुन नदिने कुराहरु स्वीकार्य नभएको बताए । उनले विकास, शान्ति सुव्यवस्था, राष्ट्रिय एकतावद्ध राष्ट्र निर्माण गर्ने अभियानमा लाग्ने कुरामा अहिलेको सरकारले काम गरिरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘अब हामी लोकतान्त्रिक प्रणालीमा आइसकेका छौँ । नेपाललाई शान्तिपूर्ण नेपाल, सुशासनयुक्त, भ्रष्टाचारमुक्त नेपाल, समृद्धितर्फ अघि बढेको, विकासको बाटोमा अघि बढेर समृद्धि हाँसिल गर्न संकल्पित रहेको नेपाल र सुखी नेपालीहरु भएको नेपालको गन्तव्यतर्फ हामी अघि बढिरहेका छौँ । लोकतान्त्रिक प्रणालीको रक्षाको लागि, लोकतान्त्रिक प्रणालीलाई लोकतान्त्रिक प्रक्रिया अन्तर्गत सञ्चालन गर्नका लागि, यसलाई संवैधानिक र कानूनी राजको हिसावले लिएर जानका लागि, कानूनलाई न्यायोचित कानूनका रुपमा निर्माण गर्नका लागि, संशोधन गर्नका लागि र संविधानमा कतिपय कमीहरु रहेका छन् भने वा संविधान कार्यान्वयनको सन्दर्भमा कतिपय ठाउँमा यदी परिवर्तन गर्न आवश्यक देखियो भने त्यसलाई यथोचित ढंगले संवादबाट सबैलाई सहभागी गराउने प्रयासका साथ संशोधन गर्ने कुरामा पनि अहिलेको सरकार प्रतिवद्ध छ । यो लोकतान्त्रिक सरकार हो, यसका आचरण लोकतान्त्रिक हुनेछन् ।’

प्रधानमन्त्री ओलीले नेपाल र नेपाली जनतालाई कुनै दुःख नहुने गरी काम गरिरहेको बताउंदै लोकतन्त्र एनार्किजम नभएको भन्दै लोकतन्त्र विकसित, व्यवस्थित, सभ्य र सुशासनयुक्त प्रणाली भएको बताए।


प्रकाशित मिति: १६ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?