Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण आजको राष्ट्रिय एजेण्डाः गृहमन्त्री


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण आजको राष्ट्रिय एजेण्डा रहेको बताएका छन् ।

शहीद दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सरकार प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नका निमित्त कटिवद्ध रहेको बताएका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमले नै संविधानले परिकल्पना गरेको मुलुकमा दिगो शान्तिको स्थापना गर्ने मुलुकमा शान्ति स्थापना गर्ने, मुलुकमा विकास र समृद्धिको यात्रा अघि बढाउने दिशामा दृढतापूर्वक अघि बढेको बताउदै एकतावद्ध भइ राष्ट्र निर्माणमा हातेमालो गर्न आह्वान गरेका छन् । राष्ट्रिय एकता, समुन्नति तथा समाजमा सद्भाव कायम राख्दै अघि बढ्न र लोकतन्त्रको रक्षा गर्दै शहीदहरुको बलिदानलाई सार्थक बनाउन जरुरी रहेको बताए ।

उनले भने, ‘संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण आजको राष्ट्रिय एजेण्डा हो । नेपाल सरकार सम्माननीय प्रधानमन्त्रीज्युको नेतृत्वमा यो संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नका निमित्त हामी कटिवद्ध छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमले नै हाम्रो संविधानले परिकल्पना गरेको मुलुकमा दिगो शान्तिको स्थापना गर्ने मुलुकमा शान्ति स्थापना गर्ने, मुलुकमा विकास र समृद्धिको यात्रा अघि बढाउने, संविधानका जुन कल्पनाहरु छन्, त्यसलाई पूर्णता दिनका निमित्त हामी दृढतापूर्वक अघि बढेका छौँ ।’

गृहमन्त्री लेखकले शहीदहरुको देखाएको बाटोमा अघि बढ्दै सुशासन, स्थायित्व र समृद्धिको मार्गलाई सुदृढ गर्दै जानु सबैको कर्तव्य भएको र नागरिकको सुरक्षाको प्रत्याभुति गर्न, मुलुकमा शान्ति, स्थिरता तथा विधिको शासन स्थापना गर्न निरन्तर क्रियाशिल रहेको बताएका छन् ।


प्रकाशित मिति: १६ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?