Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

गणपूरक सख्या नपुग्दा पूर्वाधार विकास समितिको बैठक स्थगित


काठमाडौँ। गणपूरक संख्या नपुग्दा पूर्वाधार विकास समितिको बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको हो । बुधवार बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा सांसदहरूको गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको समिति सभापति दीपक सिंहले जानकारी दिएका छन् ।

उनले समिति बैठक बस्नको लागि १४ जना सांसद आवश्यक भएपनि १२ जना मात्रै सांसद उपस्थित भएको बताए। उनले दुई जना नपुगेर १ घण्टासम्म कुरे पनि सांसदहरु उपस्थित नभएकाले बैठक स्थगित भएको बताए । उनले आज शहीद दिवस र सार्वजनिक विदा भएकाले सांसदहरु बाहिर जिल्ला जानुपर्ने भएकाले पनि नेपाली काँगे्रसका सांसदहरुले बैठक सार्न आग्रह गरे पनि बैठक बोलाई सकेकाले स्थगित गर्न नसकिएको बताउदै बैठकमा नेपाली काँग्रेसका दुई,एमालेका पाँच,माओवादीका एक,राप्रपाका दुई जना,जसपाबाट १ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई जना नै बैठकमा उपस्थित नभएको बताए। उनले समितिको बैठक आगामी माघ २४ गते विहान साढे ८ बजेका लागि बोलाउने निर्णय भएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले पूर्वाधार समितिमा दुई ठूला जलविद्युत परियोजनाहरु मुगु कर्णाली र किमाथाङ्का अरुण परियोजना निजी क्षेत्रलाई दिने निर्णयका विरुद्ध परेको उजुरीका विषयमा मन्त्रालयको धारणा माग गर्नको लागि मन्त्रीलाई बोलाएको बताउदै उनले समितिमा कोरम पुर्याउदा पुग्ने अवस्था भएपनि नेपाली काँग्रेसका एक जना पनि सांसदहरु बैठकमा उपस्थित नहुँदा बैठक स्थगित गर्नुपरेको बताए । उनले नेपाली काँग्रेसका सांसद कल्पना चौधरी र राजेन्द्र बजगाइं समितिमा आएर उपस्थित भएर मात्रै फर्किएको बताउदै उनले नेपाली काँग्रेसका सांसदहरु एजेण्डा प्रश्तुत गर्ने समयमा बाहिरी सकिएकाले बैठक अघि बढाउन नसकिएको बताए । उनले मन्त्रालयले समितिले कोरम पुर्याउन नसकेको देखाउनको लागि काँग्रेसका सांसदहरुलाई उपस्थित नराएको देखिएको आरोप लगाएका छन्।

बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयसँग समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूचि थियो । छलफलका लागि ऊर्जामन्त्री दीपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ समितिको सभाकक्षमा पुगेका थिए । तर सांसदहरूको कोरम नपुगेपछि ऊर्जामन्त्री र राज्यमन्त्री फर्किनु परेको थियो ।


प्रकाशित मिति: १६ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?